उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ ।’ -हिब्रू ७ :२५
एक ख्रीष्टियन अगुवाले यस्तो लेखेका छन्ः इटालियन भायोलिन निर्माता एन्टोनियो स्ट्राडिवरी गरिब मानिस थिए । तापनि उनका भायोलिनहरू तिनीहरूले उत्पन्न गर्ने गहिरो र सुमधूर ध्वनिका कारण सबैभन्दा बहुमूल्य भायोलिनहरू हुन् । स्ट्राडिवरीले बनाएका भायोलिनहरूको अद्वितीय ध्वनि नक्कल गर्न सकिँदैन । तपाईंलाई अचम्म लाग्न सक्छ कि यी बहुमूल्य वाद्यवादनहरू चुनिएका काठका टुक्राहरूबाट बनाइएका थिएनन्, तिनीहरू त फालिएका काठबाट बनाइएका थिए । स्ट्राडिवरीले असल काठ किन्न सक्दैनथिए त्यसकारण उनले आफ्नो अधिकांश काठ आफू बसोवास गर्ने फोहोर बन्दरगाहबाट प्राप्त गर्थे । पानीमा डुबेका ती काठका टुक्राहरूलाई उनले आफ्नो पसलमा लान्थे, तिनीहरूलाई सफा गर्थे र सुकाउँथे । त्यसपछि, ती फालिएका काठका टुक्राहरूबाट, उनले दूर्लभ सौन्दर्यका वाद्यवादनहरू सृजना गर्थे । ती फोहोर बन्दरगाहहरूमा काठ तैरिरहेको बेलामा सूक्ष्म किटाणुहरू काठभित्र पसेर तिनका केन्द्रीय भाग खाइदिन्थे भन्ने कुरा पत्ता लागेको छ । यसले गर्दा काठको रेशादार संरचना मात्रै बाँकी रहन्थ्यो जसले गुञ्जायमान संगीतको लागि खाली ठाउँ सृजना गथ्र्यो । यसरी कसैले पनि नचाहेर फालेको काठबाट, स्ट्राडिवरीले भायोलिन बनाए जुन अब सबैले चाहन्छन् ।’ तपाईं भन्नुहोला, यो कुरा मसँग कसरी सम्बन्धित छ ?’ जसरी यो भायोलिन निर्माताले फोहोरलाई बहुमूल्य वस्तुमा परिणत गरे, त्यसरी नै परमेश्वरले तपाईंलाई वास्तवमा जे हुनुपर्ने हो त्यसमा रूपान्तरण गर्न सक्नुहुन्छ । तपाईंले भन्नुहोला, तर म कति तल झरेको छु वा मैले के गरेको छु भन्ने कुरा तपाईंलाई थाहा छैन । मलाई शंका छ कि येशूले म जस्तो कसैलाई बचाउन र रूपान्तरण गर्न सक्नुहुन्छ त्त्’ एक पटक उहाँसँग प्रयास गरेर हेर्नुहोस् । उहाँलाई जाँचेर हेर्नुहोस् । उहाँले तपाईंलाई निराश तुल्याउनुहुनेछैन । बाइबलले भन्दछ, उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ ।’
आत्मिक भोजनः यहोशू १९ :२४-२१ :४५ लूका २० :२०-२६ भजन ११२ हितोपदेश २३ :१३-१५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



