‘आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ ।’ —रोमी १२:१८
बाइबलले भन्दछ, ‘जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक–अर्काप्रति कोमल मनका र दयालु होओ’ (एफिसी ४:३२) । तपाईंले भन्नुहोला, ‘तर तिनीहरूले मलाई जे गरे त्यो अनुचित, निर्दयी र अनुचित थियो ।’ अवश्य नै— अनि तपाईंले गर्नुभएका कतिपय कुराहरूबारे परमेश्वरले पनि त्यस्तै महसुस गर्नुहुन्छ ¤ अन्यायको बदला लिने कुनै पनि प्रयास परमेश्वरको वचनको उल्लंघन हो । यसमा उनीहरूबारे खराब बोल्ने, उनीहरूसँग नबोल्ने, व्यंग्यात्मक टिप्पणी गर्ने, उनीहरूलाई मदत गर्न इन्कार गर्ने र शारीरिक हिंसा वा मौखिक आक्रमणहरू पर्छन् । यदि तपाईंलाई काममा कसैबाट चोट पुग्यो भने, बदल लिने काममा अख्तियारबिना कम्पनीका स्रोतसाधनहरू चलाइदिने, तपाईंलाई चोट पु¥याउने कर्मचारीलाई अरूको तुलनामा कार्यस्थलका नियमहरू कडा रूपमा लागु गर्ने, र तिनीहरूलाई निराश बनाउन जानाजानी तपाईंको कामको गतिलाई सुस्त बनाउने जस्ता व्यवहार समावेश हुन्छन् । यदि तपाईंले आफ्ना पति वा पत्नीबाट चोट पाउनुभएको छ भने, यसमा दुखित बन्ने, उनीहरूलाई अत्यन्तै होसियार वा नम्र बन्न लगाउने, र तपाईंको प्रेम र स्नेहलाई नदेखाउने जस्ता प्रतिक्रिया संलग्न हुन्छन् । पावलले यस्तो लेखेका छन्ः ‘तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप । कसैलाई खराबको सट्टा खराब नगर । जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ । हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस…आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ’ (रोमी १२:१४, १७–१९) । खराबीको बदला खराबी गर्दा त्यसले तपाईंलाई सन्तुष्टि दिनेछैन । यसबाहेक, के तपाईंले सोच्नुभएको छ, तपाईंलाई चोट पु¥याउने व्यक्ति वास्तवमै परिवर्तन भएको पनि त हुन सक्छ ? यदि परमेश्वरले पनि तपाईंको पापको निम्ति तपाईंलाई दोषी ठहराइराख्नुभयो भने ? बदलाले तपाईंको मनको शान्तिलाई नष्ट गर्दछ किनकि तपाईंलाई थाहा छ कि यसले परमेश्वरलाई असन्तुष्ट तुल्याउँछ । आज यस्तो प्रार्थना गर्नुहोस्ः ‘पिता, म बदला लिने कुनै पनि इच्छालाई त्याग्दछु । म तपाईंको शान्तिमा हिंड्न चाहन्छु, अरूप्रति तपाईंको अनुग्रह विस्तार गर्न चाहन्छु, अनि मेरो वि रुद्धमा गरिएका सबै अन्यायको बदला लिन तपाईंलाई अनुमति दिन चाहन्छु । आमेन ।’ (त्यसै होस् ¤)
आत्मिक भोजनः गलाती ५:२३ यशैया ४०:९–११ यशैया ४२:१–४ एफिसी ४:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024