‘सबै अनुग्रहका परमेश्वरले…नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ ।’ —१ पत्रुस ५:१०
यदि तपाईं परमेश्वरले तपाईंलाई पुनस्र्थापना गरी ‘बलियो, दृढ र स्थिर’ बनाउनुभएको चाहनुहुन्छ भने, धर्मशास्त्रका यी चार वटा खण्ड प्रार्थनापूर्वक मनन गर्नुहोस्, र प्रत्येक दिन व्यवहारमा ल्याउने तरिकाहरू खोज्नुहोस्ः (१) ‘यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ’ (पद ६) । (२) ‘तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ’ (पद ७ ) । (३) ‘सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैं खोजिहिँड्छ’ (पद ८) । (४) ‘विश्वासमा दहि«ला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ’ (पद ९) । अब, तपाईं यी धर्मशास्त्रका यी चार वटा सत्यतामा चल्नुहुँदा परमेश्वरले प्रतिज्ञा गर्नुभएको परिणाम यहाँ छः ‘सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनुभएको छ । तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ’ (पद १० ) । यहाँ दुई वटा महत्त्वपूर्ण वाक्यांशहरूमा ध्यान दिनुहोस्ः ‘सबै अनुग्रहका परमेश्वर ।’ तपाईं जेसँग डराउनुहुन्छ र तपाईंले जुन कुराको सामना गर्नुपर्नेछ, परमेश्वरले तपाईंलाई त्यसलाई सम्भाल्ने अनुग्रह दिनुहुनेछ । ‘तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ ।’ यदि तपाईं तनावको समयबाट गुज्रँँदै हुनुहुन्छ भने, परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि यसले शक्तिशाली समयतर्फ लैजानेछ । त्यसकारण जब तपाईंले ‘प्रभु, मलाई यसबाट बाहिर निकाल्नुहोस्’ भन्ने प्रार्थना गर्नुहुन्छ, उहाँले यस्तो जवाफ दिन सक्नुहुन्छ, ‘होइन, म तिमीलाई यसबाट भएर लैजानेछु अनि तिमीलाई “दृढ र शक्तिशाली” बनाउनेछु ।’यसकारण संकष्टको सामना गर्नुचाहिँ परमेश्वरमा शक्तिशाली र दृढ बन्ने एउटा अवसर हो ।
आत्मिक भोजनः व्यवस्था १८–२१ मर्कूस ७:१४–२३ भजन ३७:३२–४० हितोपदेश १२:४–६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


