बाइबलसम्मत बन्नुहोस्, साहसी बन्नुहोस्

Dec 27, 2024

‘ आफ्ना परमेश्वरलाई चिन्नेहरूले दृढतासाथ त्यसको विरोध गर्नेछन् ।’ —दानिएल ११:३२

बाइबलले भन्दछ, ‘करार भंग गर्नेहरूलाई त्यसले झूठो प्रशंसा गरेर भ्रष्ट पार्नेछ, तर आफ्ना परमेश्वरलाई चिन्नेहरूले दृढतासाथ त्यसको विरोध गर्नेछन् ।’ धर्मशास्त्रको यो खण्ड अरूको भावनाप्रति अहंकारी र असंवेदनशील बन्न, वा आफ्नैबारेमा बढाइचढाइ गर्ने सोच राख्नको लागि अनुमति पत्र होइन । यसको अर्थ होः जब तपाईंले परमेश्वरको वचन, परमेश्वरको मार्ग र परमेश्वरको इच्छा बुझ्नुहुन्छ, तपाईं को हुनुहुन्छ र परमेश्वरले तपाईंलाई के गर्न बोलाउनुभएको छ भन्ने कुरामा तपाईं साहसी बन्नुहुनेछ । एउटा प्रश्नः पहिलो पटक केही काम गर्ने प्रयास अन्तिम पटक तपाईंले कहिले गर्नुभयो ? तपाईंले भन्नुहोला, ‘म असफल बन्न डराउँछु ।’ सबै असफल बन्छन्ý विजेताहरू तिनै हुन् जो लडेपछि फेरि उठ्छन् । स्पष्ट रूपमा नयाँ करारको चर्चका केही मानिसहरूले तिमोथीलाई धेरै कम उमेरका भएको कारण उनले नेतृत्व गर्न सक्दैनन् भन्ने सोचेका थिए, त्यसैले पावलले उनलाई आफ्नो बोलावटमा साहसी हुन प्रोत्साहन दिन्छन् :‘जब म तिमीलाई सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु…मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ । त्यो विश्वास, जो पहिले तिम्री बज्यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ, त्यो विश्वास तिमीमा पनि रहेको छ । त्यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्वरको वरदानलाई प्रज्वलित राख । किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ ।यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान…तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख–भोगमा तिमी सहभागी होऊ’ (२ तिमोथी १:३, ५–८) । परमेश्वरले प्रतिज्ञा गर्नुभएको छैन कि उहाँले तपाईंलाई जुन काम गर्न बोलाउनु भएको छ, त्यो काम गर्दा तपाईंले कठिनाइ अनुभव गर्नुहुनेछैन, तर उहाँले प्रतिज्ञा गर्नुभएको छ कि तपाईं सफल बन्नुहुनेछ ।त्यसकारण, तपाईंको लागि आजको वचन छ—बाइबलसम्मत बन्नुहोस् र साहसी बन्नुहोस्

आत्मिक भोजनः अ्ययूब २९–३१ लूका २:२१–३३ भजन ११७ उपदेशक १०:१५–१९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...