‘हाम्रो योग्यता परमेश्वरबाट आउँछ ।’ —२ कोरिन्थी ३:५
बाधाहरूको बाबजुद परमेश्वरमा विश्वास गर्नुहोस्बत्तीस हजार मानिसहरू भएको गिदोनको सेनाभन्दा मिद्यानीहरूको सेना धेरै ठूलो थियो जब परमेश्वरले उनलाई यसो भन्नुभयो, ‘तिमीसँग धेरै मानिसहरू छन् ।’ उहाँले गिदोनलाई डराउने सबैलाई घर फर्कन निर्देशन दिन लगाउनुभयो, अनि गिदोनले आफ्नो सेनाका दुई तिहाई मानिस गुमाए । अहिले उनीसँग दश हजार जना पुरुष मात्र छन् । फेरि पनि परमप्रभुले ‘अझै पनि मानिसहरू धेरै छन्’ भन्नुभयो र गिदोनको सेनालाई घटाएर तीन सय मानिसहरूमा झार्नुभयो । त्यो क्षण, गिदोनको निम्ति युद्ध जित्ने सम्भावना लगभग असम्भव थियो । र अनि यो अझै असम्भव बन्छ परमेश्वरले गिदोनलाई मिद्यानीहरूलाई तुरही र गाग्राहरूद्वारा आक्रमण गर्न निर्देशन दिनुहुन्छ । अब साँच्चै अविश्वसनीय कुरा यहाँ छः इस्राएलले त्यो युद्ध जित्छ परमेश्वरले किन यस्तो गर्नुभयो होला ? किनभने यदि गिदोनले बत्तीस हजार मानिसहरूलाई लिएर आक्रमण गरेको भए र जितेको भए, इस्राएलीहरूले सोच्ने थिए कि परमेश्वरले खासै सहयोग गर्नुभएन । अनि परमेश्वरले थोरै मात्रै श्रेय वा जश पाउनुहुनेथियो । तर परमेश्वर धेरै महिमा र श्रेयको योग्य हुनुहुन्छ । परमेश्वर पूरा श्रेय चाहानु हुन्छ र त्यसको योग्य पनि हुनुहुन्छ । अनि जब तीन सय जना मानिसले ठूलो सेनालाई तुरही र गाग्राहरूद्वारा पराजित गर्छन्, परमेश्वरले सबै महिमा प्राप्त गर्नुहुन्छ (न्यायकर्ता ७ अध्याय हेर्नुहोस्) । किन ? कारण के हो भने त्यस्तो विजयले सबै बाधाहरू पार गर्छ । धेरै पटक, हाम्रा प्रार्थनाहरू हाम्रो जित्ने सम्भावना बढाइदिनुहुन परमेश्वरलाई बिन्ती गर्ने काममै सीमित हुन्छन् । हामी सबै कुरा हाम्रो पक्षमा चाहन्छौं । तर सायद परमेश्वरले हाम्रो विजयको सम्भावना न्युन भएको चाहनुहुन्छ ताकि हामी स्वर्गीय स्तरको आश्चर्यकर्म प्राप्त गर्न सकौँ । विश्वास भनेको बाधाहरू जतिसुकै आशाहीन भए तापनि परमेश्वरमा भरोसा गर्नु हो । हाम्रा असम्भव परिस्थितिहरू परमेश्वरको महिमाको नयाँ उचाइ अनुभव गर्ने अवसरहरू हुन् । के तपाईं यस्तो परिस्थितिको सामना गर्दै हुनुहुन्छ जुन मानवीय रूपमा भन्नुपर्दा तपाईंको क्षमता भन्दा बाहिर छ ? त्यसो हो भने, यो वचन पढ्नुहोस्ः ‘कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्य छैनौं, तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ’ (२ कोरिन्थी ३:५) ।
आत्मिक भोजनः उपदेशक ९–१२ यूहन्ना १२:१–११ भजन ७६ हितोपदेश ३०:१५–१७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


