‘वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस ।’ —२ तिमोथी ४:२
तिमोथीलाई सेवाकार्यको लागि तालिम दिँदै पावल भन्छन्, ‘वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक ।’ धेरैजसो होटलहरूमा राखिने यो संकेतसूचक वाक्य तपाईंले आफ्नो सुत्ने कोठाको ढोकामा पनि राख्न सक्नुहुन्थ्योः ‘बाधा नदिनुहोस् ।’ तपाईंको ढोकामा रहेको त्यो चिन्हको अर्थ तपाईं आराम गर्न चाहनुहुन्छ, सुत्न चाहनुहुन्छ वा बाधा नगरिएको चाहनुहुन्छ भन्ने हो । तपाईंको होटल कोठाको ढोकामा त्यो चिन्ह झुण्ड्याउनु उपयुक्त छ, तर तपाईंको जीवनमा भने होइन । के तपाईंले कहिल्यै याद गर्नुभएको छ कि परमेश्वरले हाम्रो समय तालिकामा वा हाम्रोलागि सुविधाजनक तरिकाले सधैं कामहरू गर्नुहुन्न ? पावलले तिमोथीलाई बताए कि प्रभुको सेवा गर्ने सन्दर्भमा, उनलाई यो काम गर्न बोलाइएको थियोः ‘समय र बेसमयमा तत्पर बस’ र ‘धैर्यमा र शिक्षा दिने कुरामा नचुक ।’ हामीले याद राख्नु आवश्यक छ कि परमेश्वरले हामीलाई जे गर्न भन्नुहुन्छ, त्यो सधैं हामीले प्रक्रियामा सामना गर्ने कुनै पनि असुविधा वा कठिनाइको लायक छ । जब हामी उहाँप्रति आज्ञाकारी बन्छौं उहाँले सधैं उहाँको इच्छा पूरा गर्नको लागि एउटा बाटो बनाइदिनुहुनेछ । बाइबलले भन्दछ, ‘पापमय स्वभावको वशमा हुनेहरूले (उनीहरूको शारीरिक स्वभावका लालसा पूरा गर्नेहरूले) परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन् (वा उहाँलाई स्वीकार्य हुन सक्दैनन्)’ (रोमी ८:८) । ध्यान दिनुहोस्, यो ‘पापमय स्वभाव’ले परमेश्वरलाई प्रसन्न पार्न सक्दैन । यसको अर्थ यो होइन कि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्न । यसको अर्थ के हो भने उहाँ सन्तुष्ट हुनुहुन्न, न त उहाँले ‘उनीहरूको (हाम्रो) शारीरिक स्वभावका लालसा पूरा गर्ने व्यवहारलाई स्वीकार गर्नुहुन्छ ।’ त्यसकारण तपाईंको ‘बाधा नदिनुहोस्’ भन्ने संकेत चिन्ह हटाउनुहोस् र आज्ञाकारितामा हिंड्न प्रतिबद्ध हुनुहोस्, किनकि आशिष्को मार्ग यही हो ।यसकारण परमेश्वरको सेवकका रुपमा, तपाईं हामी हरसमय तत्पर रहन बोलाइएका छौं ।
आत्मिक भोजनः प्रस्थान ३९–४० यूहन्ना ५:१–१५ भजन ४१ हितोपदेश २७:७–९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



