भविष्यको लागि आशा

Feb 27, 2024

‘निश्चय नै भविष्यमा तेरो निम्ति आशा छ र तेरो आशा व्यर्थ जानेछैन ।’ —हितोपदेश २३:१८

के तपाईं त्यस्ता मानिसहरूबाट घेरिनुभएको छ जसको उद्देश्य नै तपाईँको जीवनमा ‘वास्तविकताको एक खुराक’ राखिदिनु हो ? तिनीहरूले अर्थतन्त्र कति कठिन छ, रोजगारीको बजार कतिको निराशाजनक छ र आकाश कसरी खस्दैछ भन्ने प्रकारका निराशावादी कुराहरू निरन्तर औँल्याउँछन् । जोन वाकर लेख्छिन्ः ‘मेरो उच्च माध्यमिक विद्यालयका अंग्रेजी शिक्षकले मलाई कार्नेल विश्वविद्यालयमा आवेदन नगर्न भनेको कुरा म म सम्झन्छु किनभने तिनीहरूले मलाई स्वीकार गर्ने थिएनन् र यदि तिनीहरूले मलाई स्वीकार गरे भने पनि मैले त्यो पूरा गर्न सक्षम हुनेछैनँ… मैले झण्डै आवेदन गरिनँ । तर केही दिनपछि एकजना पूर्व शिक्षकले भन्नुभयो, “अवसर पायौ भने जाऊ । तिमीले त्यो पार गर्न सक्छ्यौ ।” उहाँको भनाइले धेरै फरक पा¥यो । मैले आवेदन दिएँ र स्वीकृत भएँ…संसारलाई अरूको ह्दयमा बोल्न र “म तिमीमा विश्वास गर्छु” भन्नको लागि अझै धेरै आशावादी, प्रोत्साहनकर्ता र प्रेरक व्यक्तिहरूको आवश्यकता छ । जुन कुरामा आफ्नो लगाव छ त्यसलाई पछ्याउनुहोस् र आफ्नो उद्देश्यअनुसार जिउनुहोस् । यदि तपाईंसँग चाहना छ भने, तपाईंसँग त्यो पूरा गर्ने शक्ति पनि छ । कडा परिश्रम गरिरहनुहोस् । तपाईंले सुधार गर्दै हुनुहुन्छ र असल बन्दै हुनुहुन्छ । अर्थव्यवस्था कठिन छ, तापनि तपाईंले आफ्नो व्यापार बढाउन सक्नुहुन्छ । रोजगारीको बजार राम्रो छैन, तर तपाईंले सही काम पाउनुहुनेछ…तपाईं असफल हुनुभयो भने पनि त्यसले अझै उत्तम कुरातर्फ लैजानेछ । तपार्इं सिक्दै र बढ्दै हुनुहुन्छ । विश्वास नै सफलता र असफलता बिचको भिन्नता हो, अनि प्रायः त्यस्तो विश्वास हामीलाई प्रोत्साहन गर्ने व्यक्तिद्वारा हामीमा राखिएको हुन्छ ।’ बाइबलले भन्दछ, ‘जहाँ दर्शन–प्रकाश छैन, त्यहाँ मानिसहरू भाँडिन्छन (विश्वास र लगावको अभाव) (हितोपदेश २९:१८) । दर्शन भनेको अगाडि बढ्ने चाहना हो† योबिना, तपाईं जहाँ हुनुहुन्छ त्यहाँ अड्कनुहुन्छ । अरूले के सोच्छन् त्यसको कुनै अर्थ छैन† परमेश्वर यसो भन्नुहुन्छ, ‘निश्चय नै भविष्यमा तेरो निम्ति आशा छ ।’ अनि जब तपाईं उहाँतर्फ हेर्नुहुन्छ, उहाँले तपाईंलाई अगाडि बढ्नको लागि बल दिनुहुनेछ ।यसकारण, आज परिस्थिति जस्तोसुकै देखिए तापनि परमेश्वरमा तपाईंको निम्ति आशा र भविष्य छ ।

आत्मिक भोजनः १ राजा १२–१३ मत्ती १७:१४–२७ भजन ५३ हितोपदेश ६:९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...