‘परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर ।’ —एफिसी ४:२४
भावनात्मका उथलपुथलबाट मुक्तक्रुसको सामना गर्नुहुँदा, येशूले गेतसमनीको बगैंचामा प्रार्थना गर्नुभयो । उहाँले तीव्र कष्टको भावना महसुस गर्नुभयो । ‘अत्यन्त संकष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला–ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए’ (लूका २२:४४) । यी भावनाहरू यति बलिया थिए कि उहाँले क्रुसको कचौरा आपूmबाट हटोस् भनेर प्रार्थना गर्नुभयो । तर त्यो रात, येशूले आफ्ना पिताको इच्छाको आज्ञाकारिताद्वारा यसो भन्दै आपूmमाथि भावनाहरूको प्रभुत्व तोड्नुभयो, ‘तर मेरो इच्छा होइन, तपाईंकै, पूरा होस् ’ (पद ४२) । भावनाहरूलाई आज्ञाकारिताद्वारा मात्र शासन गर्न सकिने होइन कि हामीले विश्वासमा, तिनीहरूलाई जे गर्न आदेश दिन्छौ, त्यसको समेत आज्ञापालना गर्नेछन् । दाऊदले यसो भने, ‘हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नाउँको स्तुति गर्’ (भजन १०३:१) । दाऊदले आफ्नो प्राण अर्थात् आफ्नो भावनाको केन्द्रलाई प्रभुको प्रशंसा गर्न आदेश दिए । उनले विश्वास गरे कि उनका प्राण र उनमा भएका सबै थोकले उनले आज्ञा गरेअनुसार काम गर्नेछन् । भावनालाई नाटक अर्थात् उथलपुथल भइरहने अवस्थाबाट आशिष्दमा रूपान्तरण गर्न सकिन्छ । पावले पनि नकारात्मक भावनाहरू हटाउन सकिन्छ, र सकारात्मक भावनाहरू धारण गर्न सकिन्छ भन्ने विश्वास गर्थे । ‘छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग । र आफ्नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर’ (एफिसी ४:२२–२४) । फेरि उनले लेखेका छन, ‘परमेश्वरको शान्तिले तिमीहरूको ह्दयमा राज्य गरोस्’ (कलस्सी ३:१५) । धर्मशास्त्रका यी खण्डबाट स्पष्ट हुन्छ कि हाम्रा भावनाहरूलाई शासन गर्न सकिन्छ, अनि इच्छाले भावनाहरूको उथलपुथलको सट्टा परमेश्वरको शक्ति र विश्वासप्रति प्रतिउत्तर जनाउन सक्छन् ।
आत्मिक भोजनः रोमी १:१–३:२० यूहन्ना ९:२४–४१ भजन ९९ हितोपदेश २९:११–१४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



