‘परमेश्वरको शान्तिले तिमीहरूको ह्दयमा राज्य गरोस् ।’ —कलस्सी ३:१५
परमेश्वरले तपाईंलाई मनको अवस्था शान्त भएको चाहनुहुन्छ । उहाँको वचनले यसो भन्दछः् ‘ख्रीष्टको शान्ति (आत्माको मेल)ले तिमीहरूका ह्दय (मनमा उठ्ने सबै प्रश्नहरूलाई समाधान गर्दै त्यो शान्तिपूर्ण अवस्थामा ल्याउन) राज्य गरोस् जसको निम्ति तिमीहरू एउटै शरीरमा बोलाइएका थियौ’ (पद १५) । यदि तपाईंसँग शान्ति छैन भने कुनै पद वा अधिकार हुनुको केही अर्थ छैनः पैसा, हैसियत, लोकप्रियता । यदि तपाईंमा शान्ति छैन भने यो सबै अर्थहीन छ । तपाईंले शान्तिको मूल्यको मोल तोक्न सक्नुहुन्न । हामीमध्ये धेरैले आफ्नो जीवन सफलताको सिँढी चढ्ने प्रयासमा बिताउँछौं, तर प्रत्येक पटक हामी एक सिँढी माथि चढ्दा, हामीले हाम्रो शान्ति र आनन्द गुमाउँछौं, हाम्रो परिवारसँग बिताउने समयको त कुरै नगरौं । हामीले प्राप्त गरेको कुरालाई पक्रिराख्ने प्रयासको दबाव र तनावले हाम्रो जीवन खाइदिन्छ । तर शान्ति नभएसम्म हामी वास्तवमा कहिल्यै सफल हुँदैनौं । हामीमध्ये कतिपयले संसारले यसो भन्दै हाम्रो सामु राखिदिएका कुरा प्राप्त गर्न धेरै कामहरू गर्छौ,साँच्चै खुशी हुन तिमीले यो कुरा प्राप्त गर्नुपर्छ ।’ हामीले ती कुराहरू पाउँछौं, तर हामीसँग अझै पनि शान्ति हुँदैन । रोमी १४:१७ ले हामीलाई बताउँछ, ‘किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो’ । तपाईंले आफ्ना आवश्यकताहरू प्रशस्त मात्रामा पूरा गरेको र अरूलाई आशिष् दिन सक्ने अवस्थामा भएको परमेश्वर चाहनुहुन्छ । तर यदि तपाईंले त्यसलाई शान्तिपूर्व प्राप्त गर्न सक्नुहुन्न भने त्यो प्राप्त गर्न नखोज्नुहोस् ।यसकारण आफ्ना सबै काममा मनको शान्ति कायम राख्न निश्चय गर्नुहोस् ।
आत्मिक भोजनः हिब्रू ११:१–६ मत्ती २१:१८–२२ मत्ती ८:५–१३ मर्कूस ६:१–६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024




