माछा पक्रनु र आत्माहरू जित्नु

Sep 16, 2024

मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु ।’ -मत्ती ४ :१९

येशूले पेशेवर मछुवाहरूलाई यसो भन्नुभयो, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु ।’ यी मानिसहरूलाई माछा पक्रनेबारे तीन वटा कुरा थाहा थियोः (१) माछा भएको ठाउँमा जानुपर्छ । तपाईंले भन्नुभयो, म सोच्थेें कि हामीले आफैलाई संसारबाट अलग गर्नुपर्छ ।’ येशूले संस्कृतिलाई बेवास्ता गर्नुभएन, यसलाई बदल्नको लागि उहाँ यसमा संलग्न बन्नुभयो । अनि तपाईंले पनि त्यसै गर्नुपर्छ । येशले यस्तो प्रार्थना गर्नुभयोः तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस् । तिनीहरू संसारका होइनन्, जस्तो म पनि संसारको होइन । तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो । जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु’ (यूहन्ना १७ :१५-१८) । (२) माछाले चारो टोक्दा तपाईं तयार रहनुपर्छ । तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो ह्दयमा उहाँको श्रद्धा गर । तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैं तत्त्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर’ (१ पत्रुस ३ :१५) । जब विद्यार्थी तयार हुन्छ, तब शिक्षक देखा पर्छ’ भन्ने भनाइ साँचो हो । (३) तपाईंले माछा पक्रन सही चारा प्रयोग गर्नुपर्छ । पावलले भने, किनकि सुसमाचारसँग म शर्माउँदिनँ । किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो’ (रोमी १ :१६) । सुसमाचार’ शब्दको अर्थ असल समाचार हो । इमानदार पापीहरूले आफ्नो पाप र संघर्षको बारेमा पहिले नै नराम्रो महसुस गरेका हुन्छन्, उनीहरूलाई परिवर्तन गर्ने शक्ति चाहिन्छ । अनि सुसमाचार मुक्तिको लागि परमेश्वरको शक्ति हो ।’ यी तीन वटा सिद्धान्तलाई स्पष्ट रूपमा ध्यानमा राख्नुहोस् अनि आज आत्मा पक्रनको लागि माछा मार्न जानुहोस् ।

आत्मिक भोजनः नहेम्याह ८-१० लूका २२ :१-१३ भजन ७८ :४०-५५ हितोपदेश २४ :१-४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...