‘बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर् ।’ —हितोपदेश ४:७
एक जना पास्टरले बताएका छन्ः ‘मेन्टरको सहयोगमा वृद्धि हुने प्रक्रियाले सामान्यतया यो ढाँचा पछ्याउँछः यो जागरूकतासाथ सुरु हुन्छ । तपाईंले बुभ्mनुहुन्छ कि तपाईंलाई मदत चाहिन्छ अनि प्रभावकारी व्यक्तिगत वृद्धिको लागि आफैलाई पछ्याउनु व्यावहारिक विकल्प होइन । जब कुनै व्यक्तिलाई यस्तो अनुभूति हुन्छ, तब दुईमध्ये एउटा कुरा हुन सक्छ । पहिलो, उसको घमण्ड बढ्छ, र उसले अर्काे व्यक्तिलाई सल्लाह माग्न सक्दैन…यो चेतनाप्रति अर्काे प्रतिक्रिया भनेको आफैलाई नम्र तुल्यार यसो भन्नु हो, ‘मलाई तपाईंको मदत चाहिन्छ ।’ त्यो निर्णयले ज्ञान मात्र बढाउँदैन, तर यसले अक्सर तपाईंमा परिपक्वता पनि विकास गर्छ । यसले मानिसहरूलाई एकअर्काको आवश्यकता छ भन्ने कुरामा पनि जोड दिन्छ— तिनीहरू जवान हुँदा र सुरु गर्दा मात्र होइन, तर तिनीहरूको सम्पूर्ण जीवनभरि…तपाईंले जो सल्लाहकारहरूबाट मदत लिनुहुन्छ ती कुराहरुले तपाईंलाई आकार दिन्छन् । यदि तपाईं तपाईंबाट घटाउने, तपाईंलाई बेवास्ता गर्ने वा तपाईंलाई कम मूल्यांकन गर्ने व्यक्तिहरूसँग आफ्नोसमय बिताउनुहुन्छ भने, तपाईंले अगाडि बढ्नको लागि उठाउनुहुने प्रत्येक कदम कठिन हुनेछ । तर यदि तपाईंले बुद्धिमान् अगुवाहरू, असल नमूनाहरू र सकारात्मक मित्रहरू भेट्टाउनुभयो भने, तपाईंले पत्ता लगाउनुहुनेछ कि तिनीहरूले तपाईंलाई तपाईंको यात्रामा गति दिन्छन् । तपाईं जोसुकै हुनुभए तापनि, तपाईंले जेसुकै हासिल गर्नुभए तापनि, तपाई जीवनमा जति तल वा जति माथि पुग्नुभए तापनि, तपाईंले यस्ता परामर्शदाताबाट लाभ लिन सक्नुहुन्छ । यदि तपाईंसँग कहिल्यै यस्तो परामर्शदाता पाउनुभएको छैन भने, यसले तपाईंको जीवनलाई कति सुधार गर्न सक्छ भन्ने कुरा तपाईंलाई थाहा छैन । यदि तपाईंसँग परामर्शदाताहरू छन् भने, तपाईंलाई पहिल्यै थाहा छ, र तपाईंले अरूको लागि परामर्शदाता बनेर यसलाई हस्तान्तरण गर्न सुरु गर्नुपर्छ । किनभने तपाईंलाई थाहा छ कि तपाईंले पछ्याउने तपाईंबाहेक अरू कोही नहुँदा सुधार गर्न कठिन हुन्छ ।’ त्यसकारण ‘बुद्धि प्राप्त गर्नुहोस्’ र यसको आवश्यकता परेकाहरूसँग बाँडचुँड गर्नुहोस् ।
आत्मिक भोजनः २ इतिहास ८–११ लूका १५:१–१० भजन ११९:८९–९६ हितोपदेश २१:२०–२३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


