‘बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बढी बुद्धिमान् हुनेछ ।’ —हितोपदेश ९:९
आफ्नो क्षमताको खोजमा तपाईं जति अगाडि जानुहुन्छ, तपाईंले त्यति नै नयाँ जमिन खन्नु पर्छ । हो यहाँनेर तपाईंले अरूको अनुभवबाट लाभ उठाउन सक्नुहुन्छ । चिनियाँ उखानले भनेझैं, ‘अगाडिको बाटो थाहा पाउन, फर्केर आउँदै गरेकाहरूलाई सोध्नुहोस् ।’ मार्गदर्शक सल्लाहकार अर्थात् मेन्टर छनोट गर्दा, दुई वटा कुरा खोज्नुहोस्ः (१) बुद्धि भएको व्यक्ति । सल्लाहकारहरूको समझ, अनुभव, र बुद्धिले हामीलाई समस्याहरू समाधान गर्न मदत गर्छ जुन हामी आफैले सम्हाल्न कठिन हुन्छ । बुद्धिमान व्यक्तिहरूले सिक्न र वृद्धि हुन हामीलाई मदत गर्नको लागि प्रायः केही शब्दहरू मात्रै प्रयोग गर्छन् । तिनीहरूले संसारहरूका त्यस्ता कुराहरू देख्न हाम्रा आँखा खोलिदिन्छन् जुन कुरा हामीले देख्न सक्दैनौं । तिनीहरूले हामीलाई कठिन परिस्थितिहरू पार गर्न मदत गर्छन् । अन्यथा हामीले नदेख्ने अवसरहरू देख्न तिनीहरूले हामीलाई सक्षम बनाउँछन् । तिनीहरूले हामीलाई हाम्रो उमेर र अनुभवभन्दा बुद्धिमान बनाउँछन् । (२) मित्रता र समर्थन प्रदान गर्ने व्यक्ति । आफूले सल्लाह दिइरहेका मानिसहरूलाई येशूले भन्नुभयो, ‘म तिमीहरूलाई कुनै रीतिले छाड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ’ (हिब्रू १३:५) । धेरैजसो अनुयायीहरूले मार्गदर्शकको बारेमा जान्न चाहने पहिलो प्रश्न हो, ‘के तपाईं मेरो वास्ता गर्नुहुन्छ ?’ यो प्रश्नको कारण स्पष्ट छ । तिनीहरूमा चासो नभएको व्यक्तिबाट को निर्देशित हुन चाहन्छ र ? स्वार्थी मानिसहरूले तपाईंलाई त्यहाँसम्म मात्रै सहयोग गर्नेछन् जहाँसम्म यसले तिनीहरूको आफ्नै स्वार्थलाई अगाडि बढाउँछ । असल मार्गदर्शकहरूले निःस्वार्थ रूपमा तपाईंलाई तपाईंको सम्भाव्यतामा पुग्न मदत गर्दै मित्रता र समर्थन प्रदान गर्छन् । समर्थनबिनाको ज्ञान बाँझो हुन्छ । मित्रताबिनाको सल्लाह चिसो लाग्छ । वास्ताबिनाको स्पष्टता कठोर हुन्छ । तर जब तपाईंलाई तपाईंको वास्ता गर्ने व्यक्तिले मदत गर्छ, यो भावनात्मक रूपमा अर्थपूर्ण हुन्छ । विकास दिमाग र ह्दय दुवैबाट आउँछ । अनि वास्ता गर्ने व्यक्तिहरू मात्रै तपाईंसँग यी दुवै कुरा बाँडचुँड गर्न प्रसन्न हुन्छन् ।यसकारण, मार्गदर्शक सल्लाहकार छनोट गर्दा तपाईंको वास्ता गर्ने र समर्थन गर्ने व्यक्ति चुन्नुहोस् ।
आत्मिक भोजनः २ इतिहास ५–७ लूका १४:२५–३५ भजन ११९:८१–८८ हितोपदेश २१:१७–१९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



