‘किनकि हामी परमेश्वरका सहकर्मी हौँ ।’ —१ कोरिन्थी ३:९
हामीले प्रेम र आदर गर्नुपर्छ अनि सँगसँगै मिलेर काम गर्नुपर्छ भनी बाइबलले बताउँछ । त्यसो हो भने, हामी किन त्यसो गर्दैनौं त ? अहंकारको कारण ¤ हामी आफँैले सबै थोक गर्न सक्छौँ भन्ने सोच्न मन पराउँछौँ—तर यो वास्तविकता होइन ¤ त्यहाँ त्यस्तो कुनै महामानव छैन । त्यसकारण, प्रश्न यो होइनः तपाईं आफैँले सबै थोक गर्न सक्नुहुन्छ कि गर्नुहुन्न ? खास प्रश्न त यो होे: तपाईं एकलैले सबै थोक गर्न सक्नुहुन्न भन्ने कुरा तपाईंले कति चाँडै बुभ्mनुहुनेछ ? एन्ड्रयु कार्नेगी नामक एक परोपकारी व्यक्तिले यस्तो टिप्पणी गरेका छन्, ‘तपाईंले एकलै गर्न सक्नुहुने भन्दा अरू मानिसहरूले तपाईंलाई अझै राम्ररी काम मदत गर्न सक्छन् भन्ने कुरा बुभ्mनु तपाईंको विकासमा एउटा ठूलो कदम हो ।’ आफ्ना चेलाहरूलाई सेवाकार्यको लागि तालिम दिनुभएपछि, येशूले तिनीहरूलाई दुई–दुई जना गरेर पठाउनुभयो । त्यहाँ एकलैले गर्ने कुनै काम थिएन ¤ किन ? धेरै कारण छन्ः एकअर्कालाई बाटोबाट यताउता जानबाट रोक्न, एकअर्कालाई जवाफदेही बनाउन, कठिन हुँदा एकअर्कालाई प्रोत्साहन दिन, एउटाको कमजोरीमा अर्कोले बल दिन । हामी प्रत्येकमा ‘कमजोर पक्ष’ छन् अनि हामीलाई ती क्षेत्रहरूमा २०÷२० अर्थात् स्पष्ट दृष्टि भएको व्यक्ति चाहिन्छ जसले हामीलाई सही तरिकाले परिस्थितिलाई बुभ्mन मदत गर्छन् । प्रस्थान १७ मा बताइएअनुसारं, जब मोशाले आफ्नो हात माथि उचाले (परमेश्वरको सहायता माग्ने कामको प्रतीक), इस्राएलका सेनाहरू अमालेकीहरू विरुद्ध विजयी हुन्थे । तर जब मोशा थाके र आफ्नो हात तल झारे, युद्ध इस्राएलको विरुद्धमा जान्थ्यो । त्यसको समाधान के थियो ? ‘जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुंगा ल्याएर तिनीमुनि राखिदिए र तिनी त्यसमाथि बसे । हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि । यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे । अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते’ (प्रस्थान १७:१२–१३) । यसकारण सोच्नका लागि केही प्रश्नहरू यहाँ छन्ः कसले तपाईंको हात थामिरहेको छ ? तपाईंले कसको हात थामिरहनुभएको छ ?
आत्मिक भोजनः प्रस्थान २०:१३ उत्पत्ति ४:८–१६ हितोपदेश १८:२१ मत्ती ५:२१–२२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024




