मूर्खझैं देखिन तयार हुनुहोस्

Oct 17, 2024

‘बुद्धिमान्हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो ।’ —१ कोरिन्थी १:२७

एक जना पास्टरले लेखेका छन्, ‘सर्वेक्षणहरूले पत्ता लगाएका छन् कि अधिकांश मानिसहरूको पहिलो डर सार्वजनिक रूपमा बोल्ने काम हो । मृत्यु दोस्रो नम्बरमा आउँछ । यसको अर्थ कतिपय मानिसहरू सार्वजनिक रूपमा बोल्नुभन्दा बरु मर्न मन पराउँछन् । किन ? मूर्ख देखिएला भन्ने डरको कारण…तर विश्वास भनेकै मूर्ख देखिने तत्परता हो । मरुभूमिमा जहाज बनाउँदा नोआ मूर्ख देखिन्थे । नब्बे वर्षको उमेरमा बच्चा जन्माउन लुगाकपडा बन्दोबस्त गर्दा सारा मूर्ख देखिइन् । तुरही बजाउँदै यरीहोको वरिपरि घुम्दा इस्राएलीहरू मूर्ख देखिन्थे । गोल्यतलाई घुँएत्रोले आक्रमण गर्दा दाऊद मूर्ख देखिन्थे…ज्ञानी मानिसहरू टाढाको तारालाई पछ्याउँदै जाँदा मूर्ख देखिन्थे । पत्रुस नदीको बिचमा डुंगाबाट बाहिर निस्कँदा मूर्ख देखिए । अनि क्रुसमा अर्धनग्न झुण्डिनुभएका येशू मूर्ख देखिनुहुन्थ्यो । तर विश्वासको सारतत्त्व नै यही हो । ती सबैका र परिणामहरू आफै बोल्छन् । नोआ जलप्रलयबाट बचाइए । साराले इसहाकलाई जन्म दिइन् । यरीहोका पर्खालहरू ढले । दाऊदले गोल्यतलाई पराजित गरे…ज्ञानी मानिसहरूले मसीहलाई भेट्टाए । पत्रुस पानीमा हिँडे । अनि येशू मृतकबाट बौरी उठ्नुभयो..धर्मशास्त्रका सबैभन्दा ठूला सफलताहरू, आश्चर्यकर्महरू, र घुम्ती बिन्दुहरू त्यस्ता व्यक्तिहरूको कारण सृजना भएको पत्ता लगाउन सकिन्छ जो मूर्ख देखिन तत्पर थिए । किन ? धर्मशास्त्रको यो खण्ड पढ्नुहोस् ‘“किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ । “जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्”’ (यशैया ५५:८–९) । त्यसकारण यहाँ तपाईंको छनोट छः सांसारिक विचार र शैलीमा जिउनुहोस् र मानिसहरूद्वारा स्वीकार गरिनुहोस्, वा स्वर्गीय विचार र शैलीमा जिउनुहोस् र परमेश्वरद्वारा स्वीकार गरिनुहोस् । जब तपाईंले यसलाई त्यो दृष्टिकोणबाट हेर्नुहुन्छ, तपाईंको छनोट स्पष्ट छ ।यसकारण संसारको नजरमा मूर्ख देखिए तापनि परमेश्वरको नजरमा विश्वासमा चल्ने व्यक्ति बन्नु बुद्धिमानी हुन्छ ।

आत्मिक भोजनः लेवी २३:३३–४४ यूहन्ना ७:१–३९ जकरिया १४:१६–२१

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...

Passing the Blessing on in Ba

Passing the Blessing on in Ba

The testimony below is from Tomu, the station manager at Life FM Fiji, who shared about the distribution of The Word for Today in the province of...