‘म जस्तो छु’

Jan 27, 2024

‘म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु ।’ —१ कोरिन्थी १५:१०

एक जना केटाको बारेमा यस्तो कथा छः एक दिनको उसको घरमा उसकी आमा उनीहरूका पास्टरसँगै आउँदैथिइन् तर उसलाई त्यो कुरा थाहा थिएन । उसले आफ्नो हातमा मरेको मुसा बोकेको थियो । तब तिनीहरूलाई देखेर उसले भन्यो, ‘आमा, तपाईंलाई थाहा छ ? ग्यारेजमा मुसा दौडिरहेको थियो । मैले यसलाई देखेँ र ढुंगाले हानेँ । यो त्यहाँ बसिराख्यो त्यसैले मैले यसलाई कुल्चेँ । त्यसपछि मैले यसलाई उठाएँ र भित्तामा हुत्याइदिएँं ।’ त्यसपछि उसले पास्टरलाई देख्यो र यदि उसकी आमाको हेराइले मान्छे मार्न सक्थ्यो भने उसले थाहा पायो कि ऊ मर्ने थियो । त्यसकारण उसले त्यो मुसालाई उठायो र आत्मिक स्वरमा थप्यो, ‘त्यसपछि प्रिय प्रभुले उसलाई घर बोलाउनुभयो ।’ मानिसहरू आफ्ना कमजोरीहरू लुकाउन र ‘आत्मिक’ देखिन चाहँदा यस्तै भाषा प्रयोग गर्छन् । एउटा पुरानो भजन छ ‘म जस्तो छु त्यस्तै, कुनै तर्कबिना’ जुन आवरण हटाउने अनि तपाईंको समस्याहरूको बावजुद परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा जान्ने बारेमा छ । यदि त्यहाँ कुनै साँचो ‘म जस्तो छु त्यस्तै’ भन्ने प्रकारको चर्च थियो जहाँ मानिसहरूले आफ्ना बोझ र टुटाइहरू ल्याउन सक्थे भने, यदि त्यहाँ त्यस्तो समूह थियो जहाँ सबैलाई प्रेम गरिन्थ्यो र कसैले अभिनय गर्दैनथ्यो भने, त्यो भवनमा मानिसहरूका लागि पर्याप्त ठाउँ हुने थिएन । पावलले स्वीकार गरे कि कहिलेकहीं उनले डा जेकिल जस्तै असल भएको, अन्य समयमा मिस्टरहाइड जस्तै खराब अभिनय गरे । उनले त्यो समयको बारेमा कुरा गरेका थिए जब उनी असल गर्न चाहन्थे तर खराबीले उनीमाथि विजय ग¥यो तर उनले हार मान्न इन्कार गरे किनभने उनले आफूलाई निर्माण हुँदैगरेको व्यक्तिका रूपमा बुझे । ‘म प्रेरित भनिन योग्य छैनँ । किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरेँ । तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन’ (पद ९–१०) ।यसकारण हामी जस्ता छौँ त्यस्तै परमेश्वरको सामु आउनु र अगि बढ्नुपर्छ ।

आत्मिक भोजनः गन्ती ३:१ –४:३३ मत्ती ९:१४–२६ भजन १०४:१–२३ हितोपदेश ३:९–१०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...