‘म आफैँ केही गर्न सक्दिनँ । जस्तो म सुन्छु, त्यस्तै न्याय म गर्छु ।’ —यूहन्ना ५:३०
येशूले उहाँका पिताले उहाँको मनमा राखिदिनुभएको कुरा मात्र गर्नुभयो । अनि उहाँ तपाईंले पनि त्यसरी जिउन सिक्नुभएको चाहनुहुन्छ । तपाईं सोध्नुहोला, ‘के यस्तो जीवन सम्भव छ ?’ हो, यो सम्भव मात्र होइन, तपाईंको जीवनको लागि परमेश्वरको इच्छा पूरा गर्न यो आवश्यक छ । बाइबलले बताउँछ कि मरियमले येशूको कुरा सुन्न समय लिइन्, तर उनकी बहिनी मार्थाले त्यसो गरिनन् किनभने तिनी ‘सेवा गर्न’ मा धेरै व्यस्त थिइन् (लूका १०:४० हेर्नुहोस्) । तपाईं प्रभुको सेवामा यति व्यस्त हुन सक्नुहुन्छ कि तपाईंले उहाँको आवाजप्रति आफ्नो संवेदनशीलता गुमाउनुहुन्छ र दोस्रो महŒवका कुराहरूमा व्यस्त हुनुहुनेछ । तपाईंले परमेश्वरबाट सुन्न समय निकालेर उहाँबाट सुन्न सिक्नुहुन्छ ¤ नयाँ करारमा पन्ध्र पटक, येशूले भन्नुभयो, ‘जसको सुन्ने कान छ, त्यसले सुनोस् ।’ जब तपाईं ख्रीष्टमा नयाँ सृष्टि बन्नुभयो, तपाईंले नयाँ आत्मिक कानहरू त पाउनुभयो, तर तिनीहरूलाई कसरी प्रयोग गर्ने भनी तपाईंले सिक्नुपर्छ । वास्तवमा, त्यो तपाईंको जीवनको उच्च प्राथमिकताहरूमध्ये एक हुनुपर्छ । नवजात शिशुमा सुन्न सक्ने क्षमता हुन्छ तर उसले सुनिरहेको कुरा बुझ्दैन† बुझ्न समय लाग्छ, यसको लागि सिक्नुपर्छ, ध्यान दिनुपर्छ, आमाबाबुसँगको घनिष्ठता चाहिन्छ । जब येशूले आफ्नो पुनरुत्थानपछि इम्माउस जाने बाटोमा दुई चेलाहरूलाई भेट्नुभयो, तिनीहरूले उहाँलाई चिनेनन् । तर उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो, त्यसकारण ‘धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो’ (लूका २४:४५) । जब तपाईंले फर्केर आफ्नो जीवनलाई हेर्नुहुन्छ, तपाईंले त्यस्ता समयहरू चिन्नुहुन्छ जब परमेश्वर तपाईंसँग हिँड्नुभयो र बोल्नुभयो तर तपाईंले उहाँ के भनिरहनुभएको थियो भन्ने कुरा बुझ्नुभएन । केही छैन ¤ परमेश्वर धीर हुनुहुन्छ, अनि उहाँले तपाईंसँग काम गर्नुहुनेछ र तपाईंको विकास गर्नुहुनेछ ।यसकारण आज परमेश्वर तपाईंसँग कसरी बोल्दै हुनुहुन्छ, सुन्न सिक्नु बुद्धिमानी हुनेछ ।
आत्मिक भोजनः यर्मिया १८–२१ मत्ती २८:१६–२० भजन ६९:१९–३६ हितोपदेश ८:३०–३१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



