यसको बारेमा हल्लाखल्ला नगर्नुहोस्

Mar 24, 2024

‘जब तिमीहरू दान दिन्छौ…यसको बारेमा हल्लाखल्ला नगर ।’ —मत्ती ६:२

येशूले भन्नुभयोः ‘होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर । नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ । यसकारण जब तिमीहरू दान दिन्छौ, तब आÇना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन् । साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आÇना इनाम पाइसकेका छन् । तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस् । तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ’ (पद १–४) । उदारता र खुसीसाथ दिनुहोस् तर यसलाई आफैमा सीमित राख्नुहोस् । यो कसैको चासोको कुरा होइन तर तपाईं र परमेश्वर बिचको कुरा हो । र यदि तपाईंले दानलाई अरू मानिसहरूका सामु प्रकट गर्नुुभयो भने, तपाईंले तुरुन्तै आÇनो इनाम पाउनुहुनेछ र तपाईं स्वर्गमा आइपुग्दा अझै ठूलो कुरा प्राप्त गर्ने अवसर गुमाउनुहुन्छ । अनि तपाईंले यो प्राप्त गर्नु हुनेछ किनभने, ‘परमेश्वर अन्यायी हुनुहुन्न, र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न । तिमीहरू अझै पनि त्यस्तै सेवा गरिराखेका छौ’ (हिब्रू ६:१०) । अरू मानिसहरूले तपाईंको उदारता नदेख्न सक्छन्, वा तुरुन्तै बिर्सन सक्छन्, तर परमेश्वरले त्यसो गर्नुहुन्न, अनि उहाँले तपाईंलाई यसको लागि इनाम दिनुहुनेछ । अर्को पटक जब तपाईं चर्चमा बसिरहनुभएको हुन्छ, यो कुरा बुभ्mनुहोस् कि त्यहाँ तपाईंको वरिपरि त्यस्ता विश्वासयोग्य व्यक्तिहरू छन् जसले कसैलाई थाहा नदिई दिएका छन् र फेरि दिएका छन् । तपाईं पनि तिनीहरूमध्ये एक हुन सक्नुहुन्छ ¤ प्रत्येक शनिवार तपाईं त्यसरी गुप्तमा दिने दाताहरूसँग ठोकिनुहुन्छ र तिनीहरूले यसलाई ‘परमप्रभुको निम्ति गरेजस्तै’ (कलस्सी ३:२३) आफैमा गोप्य राखेर अनि उहाँको प्रतिज्ञा गरिएको इनामको प्रतीक्षा गरेर दिने काम गर्छन् । अरूलाई तिनीहरूको बारेमा कहिल्यै थाहा नहुन सक्छ– तर परमेश्वरले कहिल्यै बिर्सनुहुनेछैन ।यसकारण हामीले दान दिने वा सहायता गर्ने काम गुप्तमा गर्नुपर्छ, अरूलाई देखाउनको लागि होइन ।

आत्मिक भोजनः मत्ती २१:१–१६ भजन ११८:१९–२९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...