‘हाम्रो आयु ठिकसँग गन्न हामीलाई सिकाउनुहोस् र हामी बुद्धिको ह्दय प्राप्त गर्न सकौं ।’ —भजन ९०:१२
हामी सबैले प्रत्येक दिन समान चौबिस घण्टा पाउँछौँ । त्यो भनेको १,४४० मिनेट वा ८६,४०० सेकेन्ड हो । अनि हामीले तिनको प्रयोग कसरी गर्छौं भन्नेबारे हामीले ‘परमेश्वरलाई लेखा दिनुपर्छ’ (उपदेशक ११:९हेर्नुहोस्) । सुरु गर्ने असल बिन्दु आफैँलाई यो प्रश्न सोध्नु हो, ‘म भोलि परमेश्वरको सामु उभिनेछु भनी थाहा भएमा त्यसपछिको चौबिस घण्टा कसरी बिताउँथें ेला?’ तपाईंको जवाफले तपाईंलाई आफ्नो जीवनको प्राथमिकता निर्धारण गर्न मदत गर्न सक्छ । यसको बारेमा सोच्नुहोस्ः यदि कसैले तपाईंको कार चोर्छ भने, तपाईं अर्को कार प्राप्त गर्न सक्नुहुन्छ । यदि उसले तपाईंको पर्स चोर्छ भने क्रेडिट कार्ड कम्पनीलाई दुई चार पटक फोन गरेपछि सामान्यतया यो समस्या समाधान हुन्छ । तर तपाईंले आफ्नो समय गुमाउँदा कसलाई फोन गर्न सक्नुहुन्छ ? तपाईंले आफ्नो समय जसरी बिताउनुहुन्छ तपाईंले आफ्नो जीवन पनि त्यसरी नै बिताउनुहुन्छ ¤ एफिसी ५:१६ ले भन्दछ, ‘समयको पूरा सदुपयोग गर’, त्यसैले यी काम गर्न सिक्नुहोस्ः १) सबैलाई हो वा हुन्छ भन्न बन्द गर्नुहोस् । जब तपाईंको आत्मिक अन्तस्करणले हुँदैन वा होइन भन्छ, तर मानिसहरूलाई खुशी बनाउन चाहने तपाईंको मनले हो वा हुन्छ भन्छ, तब आफ्नो आत्मिक अन्तस्करणअनुसार चल्नुहोस् । येशूले त्यसै गर्नुभयो । यसले उहाँलाई आफ्ना पितासँग यसो भन्न सक्षम बनायो, ‘तपाईंले मलाई गर्न दिनुभएको काम…मैले पूरा गरेको छु (यूहन्ना १७:४) । असल कुरामा सीमित भएर उत्तम कुराबाट बञ्चित नबन्नुहोस् । कतिपय गतिविधिहरू त्यागिदिनुहोस् ताकि तपाईं अरू कतिपयमा गतिविधिहिरूमा उत्कृष्ठता प्राप्त गर्न सक्नुभएको होस् । २) शरीरद्वारा होइन, आत्माद्वारा अगुवाइ गरिनुहोस् । पावल भन्छन्, ‘पवित्र आत्माद्वारा हिँड, र पापमय स्वभावका लालसा पूरा नगर’ (गलाती ५:१६) । यस बाहेक, जब तपाईं आत्मामा हिँड्नुहुन्छ, तपाईंले तेल जलाउनुहुन्छ, सलेदो होइनý पवित्र आत्माले तपाईंलाई शक्ति प्रदान गर्नुहुन्छ । ३) पहिलो कुराहरूलाई पहिलो स्थानमा राख्नुहोस् । वास्तविक परिपक्वताको चिन्ह भनेको तपाईंलाई जुन काम गर्न मन लागेको छैन त्यही समयमा काम गर्नु हो । यसकारण यस वर्ष, महत्वपूर्ण कुराहरूलाई पहिलो स्थान दिनुहोस् र तिनीहरूलाई पहिलो स्थानमा राखिरहनुहोस्
आत्मिक भोजनः १ थेसलोनिकी १–३ मत्ती १:१८–२५ भजन ११६ उपदेशक १२:१३–१४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



