‘यहाँ र अहिले’ अर्थात् वर्तमानमा जिउनुहोस्

Apr 30, 2024

‘आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔँ र रमाऔँ ।’ —भजन ११८:२४

हामी जुन ऋतुमा छौं, हामीले त्यसको कदर गरेको, ‘यहाँ र अहिले’ मा हामी जिएको परमेश्वर चाहनुहुन्छ । कतिपय मानिसहरू भविष्यका लागि मात्र जिउँछन् । ‘म खुशी हुनेछु जब…।’ अरू कतिपय मानिसहरू विगतमा जिउँछन् । सोलोमनले तिनीहरूलाई यसो भनेका छन्ः ‘“उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन उत्तम थिए,” भनी नभन, किनकि यस्तो प्रश्न सोध्नु बुद्धिको कुरो होइन’ (उपदेशक ७:१०) । न्यु योर्क पत्रिकामा एक पटक एउटा कार्टुन थियो जसमा उनीहरूको धार्मिक वस्त्र लगाएका र टाउको मुडेका दुई जना भिक्षु सँगसँगै बसिरहेका थिए । कान्छो भिक्षु अनुहारमा चकित भाव लिँदै वृद्ध भिक्षुतर्फ हेर्दै थियो जसले यसो भन्दै थियोः ‘यसपछि केही पनि हुँदैन । जे छ यही हो ।’ यहाँ र अहिले जिउनुको अर्थ यही हो । हामी अरू केही घट्नका लागि पर्खिरहेका छैनौँ, हामी हाम्रो वरपरको कुनै पनि कुराबाट विचलित छैनौँ, हामी मानसिक रूपमा भागेर कुनै अर्कै समयमा जान खोजिरहेका छैनौँ । हामी पूर्ण रूपमा जीवित छौँ किनभने हामी अहिले यही पलमा बाँचिरहेका छौँ ¤ परमेश्वरले तपाईंको लागि विगतमा ठूला कामहरू गर्नुभएको हुन सक्छ, र तपाईंले भविष्यमा ठूला कामहरू गर्न उहाँमा भरोसा गरिरहनुभएको छ, तर उहाँको उपस्थिति, उहाँको शक्ति, उहाँको भलाइ, उहाँको अनुग्रह, उहाँको आशिष् र उहाँ जो हुनुहुन्छ, ती सबै थोक यहाँ र अहिले मात्रै अनुभव गर्न सकिन्छन् । यसकारण प्रश्न यहाँ छः ‘के तपाईं जीवनको पीडाद्वारा आफूलाई जिउँदै ननिलियोस् भनेर कुनै आवरणभित्र जिइरहनुभएको छ ? के तपाईं आफ्नो खोलभित्र लुकेर अनि जे आनन्ददायी, अनुमान गर्न सकिने र सुरक्षित छ त्यसका लागि मात्र उपलब्ध भई आफूलाई सुरक्षित राख्नुहुन्छ ? ‘आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔँ र रमाऔँ ।’ यसकारण, हामी ‘यहाँ र अहिले’, अर्थात् वर्तमान समयमै जिउनुपर्छ ।

आत्मिक भोजनः प्रेरित २४–२६ मर्कूस ५:२१–३० भजन ९४:१–११ हितोपदेश ११:१४–१५

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...