येशूः ज्ञानको स्रोत (१)

Sep 18, 2024

अन्धकारमा बस्ने मानिसहरुले एउटा ठूलो ज्योति देखेका छन् । ’ -मत्ती ४ :१६

पहिलो र सबैभन्दा महत्त्वपूणर् कुरा, येशूले सबै मानव जातिका निम्ति उद्धारको ज्योति ल्याउनुभयो । तर उहाँको राज्यको चिरस्थायी लाभहरूमध्ये एउटा ज्ञान र शिक्षामा उहाँको प्रभाव हो । विश्वविद्यालयको अंग्रेजी शब्दयुनिभर्सिटीको सुरुआत तिनीहरूबाट भएको हो जसले परमेश्वरले ब्रम्हाण्ड सृष्टि गर्नुभयो त्यसकारण उहाँका मार्गहरू अध्ययन गरिनुपर्छ र बुझिनुपर्छ भन्ने विश्वास गर्थे । मार्टिन लुथरले नयाँ करारबाट सबै विश्वासीहरूको पुजाहारीगिरीलाई जोड दिए । यस प्रक्रियामा, उनले शिक्षालाई परिवर्तन गरे किनभने उनले सिकए कि प्रत्येक व्यक्ति पढ्न र लेख्न सक्षम हुनु आवश्यक छ ताकि तिनीहरू आफैले धर्मशास्त्र अध्ययन गर्न सकुन् । यसले समाजमा सबैको लागि विश्वव्यापी साक्षरताको लक्ष्य प्रवेश गरायो । अमेरिकामा, सबैको लागि शिक्षाको पक्षमा पैरवी गर्ने पहिलो कानून १६४७ मा म्यासाचुसेट्समा घोषणा गरिएको थियो । विश्वास गर्नुहोस् वा नगर्नुहोस्, यसलाई ओल्ड डिलुडर सटान एक्ट’ अर्थात् प्राचीन छली शैतान अधिनियम नाम दिइएको थियो । यसका शब्दहरू यस्ता थिएः त्यो प्राचीन छली शैतानको एक प्रमुख कार्य मानिसहरूलाई धर्मशास्त्रको ज्ञानबाट विमुख राख्नु हो…हाम्रा पुर्खाहरूको चिहानमा शिक्षा गाडिनु हुँदैन ।’ यो एक सुन्दर विचार हो जुन सबैले सिक्नुपर्छः कि अज्ञानता शैतानको औजार हो, अनि परमेश्वर सत्यताका परमेश्वर हुनुहुन्छ । राष्ट्रैपिच्छे, इसाई मिसनरीहरूले नलेखिएका भाषाहरू पत्ता लगाए । त्यसैकारण असाधारण बलिदान स्वरूप तिनीहरूले आफ्नो जीवन कठिन काममा समर्पण गरे । तिनीहरूले ती भाषाहरूका पहिलो शब्दकोशहरू संकलन गरे । तिनीहरूले पहिलो व्याकरण लेखे । तिनीहरूले पहिलो अक्षरहरू सृजना गरे । अनि धेरै भाषाहरूमा लेखिएको पहिलो महत्त्वपूणर् व्यक्तिवाचक नाम येशूको नाम थियो ।यसरी येशू मानिसहरूको शिक्षा र ज्ञानको स्रोत बन्नुभएको छ ।

आत्मिक भोजनः मिका १-४ लूका २२ :२४-३८ भजन ७८ :६५-७२ हितोपदेश २४ :१०-१४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...