‘चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियन भनिए ।’ —प्रेरित ११:२६
के तपाईंलाई थाहा छ कि नयाँ करारमा ‘चेला’ शब्द २६९ पटक आउँछ, जबकि ‘ख्रीष्टियन’ भन्ने शब्द तीन पटक मात्र ? येशू ख्रीष्टका चेलाहरू को हुन् भनेर वर्णन गर्नको लागि ‘ख्रीष्टियन’ शब्द पहिलो पटक प्रयोग गरियो ¤ ब्रिटिश चिन्तक डलास विलार्डले कारको दृष्टान्त प्रयोग गर्छन्ः ‘येशूको चेला ख्रीष्टियनको डिलक्स वा ठूलो रूप होइन– विशेष गरी सिधा र साँघुरो बाटोको द्रूत मार्गको लागि सुव्यवस्थित र सशक्त बनाइएको । नयाँ करारका पानाहरूमा ऊ परमेश्वरको राज्यमा आधारभूत यात्राको माध्यमको रूपमा खडा हुन्छ ।’ ख्रीष्टियन बन्नु एक क्षणको काम हो† यो तब हुन्छ जब तपाईं ख्रीष्टमा भरोसा गर्नुहुन्छ । तर चेला बन्नु जीवनभरको काम हो । यसले आफैँलाई इन्कार गर्न र तपाईंको जीवनको हरेक दिन परमेश्वरको इच्छा हो भन्नको लागि बोलावट दिन्छ । येशूको चेला हुनुको अर्थ के हो ? तीन वटा कुराः (१) उहाँको कुरा सुन्नु र सिक्नु । यसमा हरेक दिन धर्मशास्त्रमा सिकाइएका सत्यताहरू पढ्ने, अध्ययन गर्ने, कण्ठ गर्ने, घोषणा गर्ने र आफ्नो जीवनमा लागु गर्ने काम पर्छ ।(२) उहाँले जता लानु भए तापनि उहाँलाई पछ्याउनु । यसको लागि तपाईंका योजनाहरू परिवर्तन गर्ने, तपाईंका कतिपय सम्बन्धहरू अन्त्य गर्ने र तपाईंले पक्रिराख्न चाहनुभएका कतिपय थोकमा उहाँलाई पहुँच दिनुपर्ने हुन सक्छ । (३) उहाँप्रति समर्पित हुनु । एक दिन येशूले पत्रुसलाई भन्नुभयो, ‘के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ ?’ (यूहन्ना २१:१५) । ‘बढी’ भन्ने शब्दमा ध्यान दिनुहोस् । चेला हुनु भनेको येशूलाई अरू कुनै पनि कुराभन्दा बढी प्रेम गर्नु हो । अनि यो तपाईंले जिउन सक्नुहुने सबैभन्दा अर्थपूर्ण र इनामदायी जीवन हो ¤यसकारण आज ख्रीष्टियन कहलिने मात्रै होइन तर वास्तवमै येशूको चेला बन्नुहोस् ।
आत्मिक भोजनः प्रेरित १६–१७ मर्कूस ४:३०–३४ भजन ७:१–९ हितोपदेश ११:३–६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


