येशूको रूपसमान हुनु भनेको सृजनशील हुनु हो

Apr 29, 2024

‘उहाँका पुत्रको रूपसमान बनाउनलाई ।’ —रोमी ८:२९

परमेश्वर हाम्रा सृष्टिकर्ता र उद्धारकर्ता दुवै हुनुभएको कारण, हामीलाई दुवै अर्थमा ‘उहाँको रूपसमान बन्न’ बोलाइएको छ । त्यसकारण, हाम्रा सृष्टिकर्ता जस्तै बन्नु भनेको अझै सृजनशील बन्नु हो । जब हामीले हाम्रो पवित्र तुल्याइएको कल्पनालाई उहाँका उद्देश्यहरू पूरा गर्न प्रयोग गर्छौँ, हामीले परमेश्वरले सबैभन्दा उत्तम तरिकाले गर्नुहुने र सबैभन्दा बढी मन पराउनुहुने काम गरिरहेका हुन्छौँ । अनि हाम्रा स्वर्गीय पिताले यसमा ठूलो गर्व गर्नुहुन्छ र आनन्द मनाउनुहुन्छ । जसरी हामी हाम्रा बालबालिकाको सृजनशीलतामा आनन्द मनाउँछौँ, त्यसरी नै परमेश्वरले हाम्रो सृजनशीलतामा आनन्द मनाउनुहुन्छ । के तपाईंले कहिल्यै याद गर्नुभएको छ कि भजनहरूले हामीलाई कति पटक नयाँ गीत गाउनु भन्छन् ? यसरी नयाँ भजन गाउने सृजनशील आदेश आधा दर्जनभन्दा बढी नै दोहो¥याइएको छ । तपाईंले परमेश्वरको बारेमा जति धेरै जान्नुहुन्छ, तपाईंले उहाँलाई त्यति नै प्रेम गर्नुहुन्छ । अनि तपाईंले उहाँलाई जति प्रेम गर्नुहुन्छ, तपाईंलाई आफ्नो प्रेम व्यक्त गर्ने नयाँ तरिकाहरू चाहिन्छन् । हामीमध्ये धेरैले आफूलाई सृजनशील व्यक्ति ठान्दैनौँ किनभने हामीले सृजनशीलतालाई संकुचित रूपमा परिभाषित गरेका छौँ । हामी यसलाई कलाको काम, नयाँ आविष्कार वा उद्यमशीलताको अवधारणाको रूपमा सोच्छौं । तर त्यो त एक सानो अंश मात्रै हो । सृजनशीलता कलाकार, आविष्कारक वा उद्यमीहरूको लागि मात्र होइन† यो त जीवनका सबै पक्षमा महŒवपूर्ण छ । यसको पूर्ण अर्थमा सृजनशीलता कल्पनाको कुनै पनि प्रयोग हो । हो, विगतमा हामीले हाम्रो कल्पनाशक्तिलाई गलत उद्देश्यका लागि प्रयोग गरेका हुन सक्छौँ । तर नयाँ जन्ममा, तपाईंको कल्पनालाई छुटकारा दिइन्छ ताकि यसलाई परमेश्वरको महिमा गर्न प्रयोग गर्न सकियोस् । यदि परमेश्वर असीम रूपमा सृजनशील हुनुहुन्छ र हामी उहाँको स्वरूपमा मात्र सृष्टि भएका होइनौँ तर उहाँको रूप समान हुन बोलाइएका छौँ भने, सृजनशीलता ऐच्छिक छैन । यसकारण सृजनशीलता भनेको आत्मिक परिपक्वताको एक आयाम हो ।

आत्मिक भोजनः प्रेरित २२–२३ मर्कूस ५:११–२० भजन १४४:९–१५ हितोपदेश ११:१२–१३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...