येशूले मात्रै तपाईंको आत्मालाई सन्तुष्ट पार्न सक्नुहुन्छ

Nov 28, 2024

‘जस–जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन ।’ —यूहन्ना ४:१४

येशूले मात्रै तपाईंको आत्मालाई सन्तुष्ट पार्न सक्नुहुन्छयेशूले इनारमा भेट्नुभएकी स्त्रीले पाँच पटक विवाह गरिसकेकी थिइन् । तिनले आफू भित्रको शून्यता भर्ने प्रयासमा धेरै जनासँग सम्बन्ध स्थापित गरेकी थिइन् । तर त्यसले तिनलाई कुनै सहायता गरेन, अनि यसले तपाईंको लागि पनि काम गर्ने छैन । न त पेशा व्यवसायको क्षेत्रमा प्रगति गरेर, वा अझै धेरै सामानहरू जम्मा गरेर, वा प्रसिद्धि हासिल गरेर नै त्यस्तो शून्यता भरिनेछ । ध्यान दिनुहोस् येशूले ती स्त्रीलाई के भन्नुभयोः ‘यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ’ (पद १३) । जब तपाईं पानीबिना मरुभूमिमा हुनुहुन्छ, त्यहाँ एउटा त्यस्तो बिन्दु आउँछ जहाँ तपाईंले मृगतृष्णा देख्न र वास्तविक नभएका कुराहरू विश्वास गर्न थाल्नुहुन्छ । अनि जब तपाईंको आत्मा निरन्तर रुखा र सुख्खा रहन्छ, तपाईंले वास्तवमा नभएका र सन्तुष्ट तुल्यान नसक्ने कुराहरू खोज्न थाल्नुहुन्छ । येशूले तिनलाई लज्जित तुल्याउन ती स्त्रीको विगत कोट्याउनुभएको थिएन । उहाँले एउटा कारणको लागि मात्र त्यसको चर्चा गर्नुभएको थियो† उहाँले तिनका विगतका चोटहरूलाई निको पार्न अनि तिनलाई असल भविष्यको लागि आशा दिन सक्नुहुन्छ भनी तिनलाई थाहा दिन । अनि उहाँले त्यसो गर्नुभयो । उहाँले तिनलाई मात्र रूपान्तरण गर्नुभएन, तर तिनी सामरियामा सुसमाचार लैजाने पहिलो व्यक्ति पनि बनिन् । सायद तपाईं सोच्नुहुन्छ कि तपाईंले छुटकारा पाउने कुनै आशा छैन । दाऊदको आशा थिएनः तिनले व्यभिचार गरेका थिए र त्यसलाई हत्याले ढाक्ने प्रयास गरेका थिए । पत्रुसको पनि आशा थिएनः उनले येशूलाई इन्कार गरेका थिए । थोमसको पनि आशा थिएन, र उनी अझै पनि शंकालु चेलाका रूपमा सम्झिइन्छन् । पावलको पनि आशा थिएनः उनी ख्रीष्टियन बन्नुअगि तिनले ख्रीष्टियनहरूको हत्या गरेका थिए । तपाईंका अतृप्त चाहनाहरू र तपाईंका अतृप्त तिर्खा लाभ नै हुन, हानि होइनन्, यदि तिनीहरूको कारण तपाईं येशूको पाउमा जानुहुन्छ भने । यहाँ उहाँको प्रतिज्ञा छः ‘जुन पानी म…दिनेछु, त्यो…अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ ।’ (पद १४) ।किनकि येशूले मात्रै तपाईंको आत्माका गहिरा असन्तुष्टीलाई सन्तुष्ट पार्न सक्नुहुन्छ ।

आत्मिक भोजनः उत्पत्ति १७–१९ यूहन्ना १३:३१–३८ भजन ११८:१–९ हितोपदेश ३१:६–९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...