येशूसँगै आँधीबेहरीमा (१)

Aug 31, 2024

आओ, हामी पारिपट्टि जाऔं ।’ —मर्कूस ४:३५

विश्वासमा बढ्न र येशूलाई घनिष्ठ रूपमा चिन्न उहाँसँगै आँधीबेहरीहरू पार गर्नु आवश्यक छ । चेलाहरूले यो कुरा पत्ता लगाए जब येशूले तिनीहरूलाई भन्नुभयो, ‘आओ, हामी पारिपट्टि जाऔं ।’ अर्को, हामी पढ्छौंः ‘अनि त्यहाँ ठूलो हुरी–बतास चल्यो, र छालहरू डुंगामा बज्रन लागे, यहाँसम्म कि डुंगा पानीले भरिन लाग्यो’ (पद ३७) । तिनीहरूको कथाको अन्त्य सुखद रूपमा हुन्छ । येशूले आँधीलाई शान्त पार्नुभयो, र तिनीहरूले अचम्म मान्दै भने, ‘यिनी को हुन् ? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्’ (पद ४१) । त्यहाँ येशूले सिकाउनुभएका र उहाँको चरित्रका पक्षहरू त्यस्ता जीवन परिवर्तनकारी सत्यता छन् छन् जुन तपाईंले उहाँसँगै आँधीबेहरीमा नहुँदासम्म कहिल्यै बुझ्नुहुनेछैन । कहिलेकहीँ जब आँधी आउँछन्, हामी ठान्छौं कि हामीले केही गलत गरेको कारण वा हामी परमेश्वरको इच्छामा नचलेको कारण ती आएका हुन् । चेलाहरू आज्ञाकारिताको कारण आँधीमा परेका थिए, अनाज्ञाकारिताको कारण होइन । तिनीहरूले कुनै गल्ती गरेका थिएनन् तिनीहरूले सही काम गरेका थिए । यो कुरा बुझ्नुहोस्ः यदि तपाईंले आफ्नो सारा ह्दयले येशूलाई प्रेम गर्नुहुन्छ भने पनि तपाईंले आँधीबेहरीहरूको सामना गर्नुपर्नेछ । चेलाहरूले पत्ता लगाए जस्तै, तपाईं येशूको सबैभन्दा नजिक हुनुभएको समयमा समेत आँधी आउन सक्छ । उहाँले प्रतिज्ञा गर्नुभएको छैन कि आँधीले तपाईंको डुंगालाई प्रहार गर्नेछैन, तर आँधीले यसलाई डुबाउन चाहिँ सक्नेछैन । उहाँले सहज यात्राको प्रतिज्ञा गर्नुभएको छैन, तर उहाँले सुरक्षित अवतरणको निश्चयता दिनुहुन्छ । तपाईंले या त डर या त विश्वासको साथ जीवनका समस्याहरूको सामना गर्नुहुनेछ । तिनीहरू कसरी भिन्न छन् ? डर आँधीमा केन्द्रित हुन्छ; विश्वास उद्धारकर्तामा केन्द्रित हुन्छ । यो अचम्मको कुरा जस्तो लाग्न सक्छ, तर हामीलाई आँधीबेहरीहरू चाहिन्छन् । येशूले हामीलाई यस्ता आँधीबेहरीहरूमा पर्न अनुमति दिनुहुन्छ ताकि हामीले (१) उहाँका प्रतिज्ञाहरू मनन गर्नेछौं, (२) उहाँको उपस्थितिमा शान्त रहनेछौं, अनि (३) उहाँको शक्तिमा भरोसा राख्नेछौं ।

आत्मिक भोजनः ३ यूहन्ना यहूदा लूका १८:३१–४३ भजन ११९:१६९–१७६ हितोपदेश २२:२०–२३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...