उहाँले भन्नुभयो, “शान्त हो त्त् रोकिजा त्त्” अनि बतास थामियो र ठूलो सन्नाटा छायो ।’ -मर्कूस ४ :३९
एक जना पास्टरले जीवनका केही आँधीबेहरीहरूको वणर्न यसरी गरेका छन्ः तपाईं कामबाट घर आउनुहुन्छ, भान्साकोठामा जानुहुन्छ र म यो वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहन्छु’ भन्ने चिठ्ठी फेला पार्नुहुन्छ । चट्याङ पर्छ त्त् तपाईं सामान्य चेकअपको आशा गर्दै डाक्टरकहाँ जानुहुन्छ, तर जाँचपछि ल्याबबाट रिपोर्ट आउँदा तपाईंलाई क्यान्सर लागेको थाहा हुन्छ । आँधी चल्छ त्त् तपाईं शान्तिमा ओछ्यानमा जानुहुन्छ, तर बिहान तीन बजे फोनमा खबर आाउँछ कि ह्दयघातको कारण तपाईको वुवाको मृत्यु भएको छ भन्ने खवर आउँछ । तपाईंको जहाज पल्टेर डुबेझैं लाग्छ त्त् जीवनको आँधीबेहरीको बारेमा अनुमान गर्न सकिने कुरा भनेको तिनीहरूको अप्रत्याशित, अर्थात् आकस्मिक रूपमा उठ्नेछन् भन्ने ज्ञान मात्रै हो । तपाईंले सबैभन्दा कम अपेक्षा गर्नुभएको समयमा तिनीहरू आइलाग्छन् । येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको थियो, आओ, हामी पारिपट्टि जाऔं’ (पद ३५) । उहाँ डुंगामा चढ्नुभएपछि, त्यो अब त्यो डुब्न सक्दैन भन्ने कुरा उनीहरूले बुझ्नुपथ्र्यो । गन्तव्यमा सुरक्षित आगमनको प्रतिज्ञा उहाँका शब्दहरूमा निहित थियो । कुनै प्रतिज्ञा सुन्नु र विश्वास गर्नुमा भिन्नता छ । धेरै पटक, हामी विश्वास गर्न सक्दैनौं कि येशूले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ । पास्टरले हामीलाई यस्तो प्रोत्साहन दिन्छन्ः ती क्षणहरूमा, हामीले आफैलाई सम्झाउनुपर्दछ कि सूर्य चम्कन छोड्नसक्छ, हुरी बतास चल्न सुरु गर्नसक्छ, अनि छालहरू उठ्न थाल्न सक्छन्, तर येशू आफ्ना प्रज्ञिाहरू पूरा गर्न कहिल्यै चुक्नुहुन्न हुनुहुन्न…जब उहाँ नजिक हुनुहुन्छ डराउनु पर्दैन भन्ने कुरा तपाईंले याद राख्नुभएको येशू चाहनुहुन्छ…उहाँ तपाईंको जीवनको जहाजको कप्तान बन्न चाहनुहुन्छ । तपाईं सधैं येशूको बारेमा सचेत नहुन सक्नुहुन्छ, तापनि उहाँ त्यहाँ हुनुहुन्छ । ती चेलाहरूका लागि, संसारको सबैभन्दा सुरक्षित स्थान…त्यही डुंगामा थियो । किनभने सुरक्षा भनेको समस्या नै नहुनु भनेको होइन । सुरक्षाचाहिँ येशूको उपस्थिति हो ।”यसकारण, येशूसँग हुनु नै सबैभन्दा सुरक्षित स्थान हो ।
आत्मिक भोजनः फिलिप्पी २ :५-११ प्रकाश १९ :११-१६ प्रेरित ३ :१-१६ मत्ती १ :१८-२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


