मार्था सेवा–सत्कारको धेरै काममा अल्झेकी थिइन् ।’ —लूका १०:४०
येशूलाई प्रेम गर्ने कुरामा मरियम र मार्था दुवै समान थिए । तर भिन्नता तब देखा प¥यो जब उहाँ तिनीहरूको घरमा जानुभयो । ‘मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नोघरमा स्वागत गरिन् । मरियम…येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन् । तर मार्था सेवा–सत्कारको धेरै काममा अल्झेकी थिइन् । तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा–सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न ? त्यसलाई भनिदिनोस्, र त्यसले मलाई सघाओस् ।” तर येशूले जवाफ दिएर तिनलाई भन्नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छ्यौ, र व्याकुल हुन्छ्यौ । तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे।”’ (पद ३८–४२) । मार्थाले जे गरिरहेकी थिई त्यो असल थिएन भनेर येशूले भन्नुभएन । उहाँले त मरियम जे गरिरहेकी थिइन् अझै असल थियो मात्रै भन्नुभयो । मरियम के गर्दै थिइन् ? उहाँको पाउनेर बसेर उहाँका वचनहरू सुन्दैथिइन्, उहाँलाई माया र आराधना गर्दैथिइन् । यहाँ एउटा शिक्षा छ, विशेषगरी चर्चको काम र सेवाकार्यमा संलग्नहरूका लागि । परमेश्वरको काममा यति धेरै पनि संलग्न नबन्नु कि कामका प्रभुसँग संलग्न बन्न नसकियोस् । ई. एम. बाउन्ड्सले भनेका छन् ‘परमेश्वरसँग धेरै एक्लै हुनु नै उहाँलाई चिन्ने र उहाँमा प्रभाव पार्ने रहस्य हो ।’ प्रश्नः यदि तपाईं परमेश्वरबाट प्रभावित हुनुहुन्न भने, कसले वा केले तपाईंलाई प्रभाव पारिरहेको छ ? मानिसहरू ? दबाव ? परिस्थितिहरू ? यदि येशू बेलुकाको भोजनको लागि आउनुभएको थियो भने, सायद उहाँले मार्थाको प्रशंसा गर्नुहुनेथियो र मरियमलाई भान्सामा व्यस्त हुन भन्नुहुनेथियो । तर क्रुसमा जानुअगि, उहाँको प्राथमिकता उहाँले प्रेम गर्नुहुनेहरूसँग समय बिताउनु थियो । यसर्थ यहाँ एउटा विचार छ जसले प्रार्थनाबारे तपाईंको धारणा परिवर्तन गर्नेछः येशू तपाईंसँग समय बिताउन चाहनुहुन्छ ¤
आत्मिक भोजनः २ इतिहास २२–२४ लूका १७:१–१० भजन ११९:१२१–१२८ हितोपदेश २२:४–७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


