‘योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम…गरे ।’ —मत्ती १:२४
तपाईंले सुसमाचारका पुस्तकहरूमा जतिसुकै खोज्नु भए तापनि येशूका पार्थिव पिता योसेफले बोलेको एउटा पनि शब्द फेला पार्नुहुनेछैन । तर येशूको जन्मको कथामा उनको भूमिका अपरिहार्य छ । यसको कारण यहाँ छः परमेश्वरले योसेफलाई मुक्तिदाताको जीवनको रक्षा र संरक्षण गर्न प्रयोग गर्नुभयो । त्यसकारण आज, हामी योसेफको जीवनबाट सिक्नुपर्ने पाठहरूबारे विचार गरौंः तपाईं आफ्नो जीवनमा परमेश्वरका नजन्मेका उद्देश्यहरू र प्रतिज्ञाहरूको रक्षा गर्न जिम्मेवार हुनुहुन्छ । अहिले, त्यहाँ परमेश्वरको इच्छाको एक अंश छ जुन अझै अज्ञात छ र तपाईंको जीवनमा अनुभव गर्न बाँकी नै छ । पूरा हुन बाँकी एउटा प्रतिज्ञा । पूरा हुन बाँकी एउटा वचन । सुरु हुन बाँकी एउटा सेवाकार्य । उद्धार पाउन बाँकी परिवारका एक सदस्य । तिनीहरू ईश्वरीय उद्देश्यहरू हुन् जुन अहिले अदृश्य र जन्मन बाँकी नै छन्, अनि तिनीहरूलाई हेरचाह र सुरक्षित गरिनुपर्छ ताकि तिनीहरू पूरा हुन सकून् । जसरी हेरोदले येशूलाई नाश गर्नको लागि दुई वर्षमुनिका प्रत्येक हिब्रू बालकको मृत्युको आदेश दियो , शैतानले पनि तपाईंको जीवनमा र तपाईंका प्रियजनहरूको जीवनमा परमेश्वरको योजना र उद्देश्य पूरा हुनबाट रोक्नको लागि सक्दो कोसिस गर्नेछ । यसले युद्ध चाहिँ तपाईंको विगतको बारेमा वा तपाईंको वर्तमानको बारेमा होइन, तर तपाईंको भविष्यको बारेमा हो भन्ने कुरा बुभ्mन तपाईंलाई सहायता गर्नेछ । तपाईंले के गर्नुपर्छ ? पहिले, होसियार रहनुहोस् । ‘सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ’ (१ पत्रुस ५:८) । दोस्रो, तपाईंको र तपाईंका प्रियजनहरूको जीवनलाई ढाक्ने प्रार्थना गर्नुहोस् ‘मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरेँ’ (इजकिएल २२:३०) ।योसेफको जीवनबाट हामीले सिक्न सक्ने एउटा पाठ होः आफ्नो जीवनमा परमेश्वरका उद्देश्यहरू र प्रतिज्ञाहरूको रक्षा गर्न हामी जिम्मेवार छौं ।
आत्मिक भोजनः अ्ययूब १८–२० लूका १:५७–६६ भजन ४७ उपदेशक १०:१–४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



