‘योसेफले…तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे ।’ —मत्ती १:१९
योसेफको मौन रूपमा कम गर्ने जीवनले हामीलाई परमेश्वरका प्रतिज्ञाहरूमा जिउन तीन वटा चाबी दिन्छ । आज, पहिलो चाबीको बारेमा विचार गरौंः दया । उनको व्यक्तिगत संकष्टको बिचमा हामी योसेफसलाई देख्छौं । उनले मरियमलाई प्रेम गर्छन् । अनि तिनले पनि उनलाई प्रेम गर्छिन् भन्ने उनी विश्वास गर्छन्… जबसम्म तिनी गर्भवती छिन् भन्ने कुरा उनले सुनेका थिएनन् । त्यस्तो परिस्थितिमा उनले कस्तो प्रतिक्रिया दिनुपथ्र्यो ? खुल्लमखुल्ला रूपमा तिनलाई सरममा पार्ने ? वा मोशाको व्यवस्थाले माग गरेअनुसार तिनलाई सार्वजनिक रूपमा ढुंगाले हानेर मार्न सुम्पिदिने ? होइन, उनले द्वेष र रीस र बदलाको सट्टा कृपा रोजे । योसेफको कृपाले मरियमको जीवन रक्षा गर्योअनि नजन्मिएको बालक येशूलाई सुरक्षित राख्यो ताकि उहाँले भविष्यमा आफ्नो कार्य पूरा गर्न सक्नुभएको होस् र हाम्रा मुक्तिदाता बन्न सक्नुभएको होस् । अनि यी समझदार, क्षमाशील, र दयालु सिकर्मीले एक समझदार, क्षमाशील र दयालु पुत्र हुर्काउन मदत गरे । पूर्वाग्रह र घृणाको सामना गर्ने त्यस्ता पुत्र जो आफ्नो संस्कृतिको भेदभावबाट माथि उठ्नुहुनेथियो अनि सामरी स्त्रीलाई समान व्यवहार गर्नुहुनेथियोý जसले त्यो इनारमा पानी लिन आएकी स्त्रीलाई जीवनभरको असफलता र शून्यताबाट मुक्त गर्नुहुनेथियो, अनि त्यो सम्पूर्ण सहरमा आशा र मुक्ति ल्याउनुहुनेथियो । जसले व्यभिचारको आरोपमा पक्राउ परेकी र धार्मिक भिडद्वारा ढुंगा हानिन लागिएकी एक दोषी स्त्रीलाई यसो भन्नुहुनेथियो, ‘म पनि तिमीलाई दण्ड दिन्नँ । जाऊ, अनि फेरि पाप नगर’(यूहन्ना ८:११) । पापीहरूलाई खराब होइन, तर हराएका व्यक्तिहरूका रूपमा स्वीकार गर्ने पुत्र । योसेफका अर्का छोराहरूमध्ये एक याकूब थिए जसले पछि गएर येशूमा विश्वास गरे र बाइबलको एउटा पुस्तक लेखे जसमा उनले भनेका छन्, ‘तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ’ (याकूब ३:१७) ।के कसैले तपाईंलाई चोट पु¥याएको छ ? आज योसेफको उदाहरण पछ्याउनुहोस् र दया देखाउनुहोस् ।
आत्मिक भोजनः अ्ययूब २१–२३ लूका १:६७–८० भजन १२८ उपदेशक १०:५–९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



