सपनामा परमप्रभुका दूत (योसेफ)कहाँ देखा परे ।’ —मत्ती १:२०
हाम्रो जीवनमा परमेश्वरको उद्देश्य र प्रतिज्ञाहरू पूरा भएको अनुभव गर्नका लागि योसेफको जीवनमा हामी तीन वटा चाबी देख्छौं । पहिलो दया हो । अब दोस्रोको बारेमा चर्चा गरौंः विश्वास । ‘तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ’ (पद २०) । योसेफले गोप्य रूपमा मरियमसँग सम्बन्धविच्छेद गर्ने इरादा राखेका थिए । तब परमेश्वरले उनलाई ईश्वरीय योजना बताउनुभयो । योसेफले गर्नुपर्ने काम के थियो ? सबैभन्दा कठिन परिस्थितिहरूमा पनि विश्वास अभ्यास गर्नु । परिस्थितिलाई तर्कसंगत रूपमा बुझ्न वा व्याख्या गर्न नसकिँदा समेत परमेश्वरमा भरोसा गर्नु । परमेश्वरले उनलाई चार वटा कुरा देखाउनुभयोः (१) परमेश्वरले योसेफलाई उनको पहिचान स्मरण गराउनुभयोः ‘योसेफ, दाऊदका छोरा ।’ तपाईं ‘ख्रीष्टमा’ को हुनुहुन्छ भनी तपाईंले जानेको परमेश्वर चाहनुहुन्छ (एफिसी १:१८–१९ हेर्नुहोस्) । उहाँको उद्धार गरिएको परिवारको सदस्यको रूपमा तपाईंको विशेष पहिचान छ । (२) परमेश्वरले योसेफलाई डराउनु पर्दैन भनी आश्वासन दिनुभयो । आफ्नो डरलाई जितेर अगाडि बढ्न योसेफलाई कुन कुराले सक्षम बनायो ? परमेश्वरबाट सुन्ने कामले । खडा हुनको लागि प्रभुबाट एउटा वचन पाएर । तपाईंलाई पनि त्यो चाहिन्छ (यशैया ३०:२१ हेर्नुहोस्) । (३) परमेश्वरले योसेफलाई निर्देशन दिनुभयो । उनले मरियमलाई आफ्नी पत्नीको रूपमा लिने, तिनको बच्चाको बाबु बन्ने र उहाँको नाम येशू राख्नुपर्ने थियो । यहाँ तपाईंको लागि शिक्षा के हो ? सिक्ने मन राख्नुहोस् र परमेश्वरका निर्देशनहरू पालन गर्नुहोस् । विश्वास र आज्ञाकारिताद्वारा नै तपाईं आफ्नो ईश्वर–प्रदत्त भविष्यमा पुग्नुहुनेछ । (४) परमेश्वरले योसेफलाई निश्चयता दिनुभयो कि त्यो परिस्थितिमा पनि उहाँ काममा हुनुहुन्थ्यो । जब तपाईंले यो कुराजान्नुहुन्छ, तपाईंले मानसिक शान्ति र नयाँ दृष्टिकोण अनुभव गर्नुहुन्छ ।यसकारण तपाईको जीवनमा ईश्वरीय उद्देश्य र प्रतिज्ञा पूरा भएको चाहनुहुन्छ भने विश्वासयोग्य र आज्ञाकारी बन्नुहोस् ।
आत्मिक भोजनः यशैया ७:१४ लूका २:१–७ मिका ५:२–५क यशैया ९:६–७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



