योसेफको जीवनबाट शिक्षा (४)

Dec 26, 2024

‘परमप्रभुका दूतले उनलाई भनेबमोजिम योसेफले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे ।’ —मत्ती १:२१

कतिपय ईश्वरीय उद्देश्यहरू पूरा हुनको लागि विश्वासयोग्यतापूर्वक तिनको रखवारी गरिनुपर्छ र रक्षा गरिनुपर्छ । परमेश्वरका प्रतिज्ञाहरू पूरा भएको दख्ेनको लागि योसेफले हामीलाई तीन वटा चाबी दिन्छन् । पहिलो दया हो, र दोस्रो विश्वास हो । अब तेस्रोलाई हेरौंः आज्ञाकारिता । ‘योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे । मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन् । योसेफले उहाँको नाउँ येशू राखे’ (पद २४–२५) । योसेफले त्यस्तो समयमा पनि परमेश्वरको आज्ञा पालन गरे जब मानवीय रूपमा भन्नुपर्दा ती परिस्थितिको अर्थ बुझिँदैनथियो । उनको मनमा शंकाले चुनौती दिँदा समेत उनले परमेश्वरको आज्ञा पालन गरे । उनका भावनाहरू उथलपुथल हुदा पनि उनले परमेश्वरको आज्ञा पालन गरे । हेरोदको मृत्यु नहोउन्जेल मिश्रमा रहनको लागि घर छोड्नुपर्दा पनि उनले परमेश्वरको आज्ञा पालन गरे । योसेफको लागि यसको अर्थ एक स्थापित व्यवसाय र व्यापार अनि आफ्ना परिवार र साथीभाइहरूलाई छोडेर जानु थियो । यसको अर्थ उनले नबुझ्ने वा बोल्न नजानेको भाषाको देशमा बस्नु थियो । अनि उनलाई थाहा थिएन उनीहरू त्यहाँ कति लामो समयसम्म रहनेथिए ? हप्तौंसम्म ? महिनौंसम्म ? वर्षौंसम्म ? रहनका लागि मिश्र कठिन ठाउँ थियो, तथापि यो आज्ञाकारिताको स्थान थियो । अनि परमेश्वरका प्रतिज्ञाहरू आज्ञाकारिताका स्थानमा सुरक्षित छन् । परमेश्वरले हामीलाई गर्नुभएका प्रतिज्ञाहरू आज्ञाकारिताका स्थानमा पूरा हुन्छन् । परमेश्वरले हामीलाई उहाँको इच्छा आज्ञाकारिताका स्थानमा प्रकट गर्नुहुन्छ । आश्चर्यकर्महरू आज्ञाकारिताका स्थानमा गरिन्छन् । प्रबन्ध आज्ञाकारिताका स्थानमा उपलब्ध हुन्छ । आज्ञाकारिताका स्थानमा हामी सुरक्षित हुन्छौं । के तपाईं कुनै प्रतिज्ञा पूरा हुनको लागि प्रतीक्षा गरिरहनुभएको छ ? के तपाईं प्रार्थनाको उत्तर खोज्दै हुनुहुन्छ ?त्यसो हो भने दया, विश्वास र आज्ञाकारिताका चाबीहरू प्रयोग गर्नुहोस् ।

आत्मिक भोजनः अ्ययूब २४–२८ लूका २:८–२० भजन ११३ उपदेशक १०:१०–१४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...