यो तपाईंको लागि नयाँ दिन हो

Aug 24, 2024

हेर, म एउटा नयाँ कुरो गर्दैछु ।’ —यशैया ४३:१९

तपाईंको विगतको पीडालाई तपाईंको दृष्टिलाई धमिलो बनाउन र भविष्यमा तपाईंको लागि परमेश्वरले भण्डारमा राख्नुभएको आशिष् चोर्न नदिनुहोस् । परमेश्वर भन्नुहुन्छ, ‘बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर । हेर, म एउटा नयाँ कुरो गर्दैछु’ (पद १८–१९) । यदि पुराना सम्बन्धहरूद्वारा तपाईंलाई चोट लागेको छ भने, परमेश्वरसँग तपाईंका लागि नयाँ सम्बन्धहरू छन् । ‘परमप्रभुले शमूएललाई भन्नुभयो, “मैले शाऊललाई इस्राएलमाथि राजा हुनलाई इन्कार गरेकोमा तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस् ? तँसित भएको त्यो सीङमा तेल हालेर तेरो साथमा लैजा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछ’ । किनभने मैले त्यसका छोराहरूमध्येको एक जनालाई राजा चुनेको छु”’ (१ शमूएल १६:१) । आफ्नो कुनै प्रियजन गुमाउँदा विलाप गर्नु स्वस्थकर हुन्छ । तर जब तपाईं विगतमा अड्किनुहुन्छ, यसले सधैं भविष्यलाई हानि गर्छ । त्यहाँ एउटा त्यस्तो समय आउँछ जब तपाईंले परिवर्तन गर्न नसकिने कुराको बारेमा कुरा गर्न छोड्नुपर्छ । साथै, यदि तपाईंले आफ्ना मित्रहरूलाई विगतकै बारेमा बताइरहनुभयो भने, तपाईंले तिनीहरूलाई गुमाउनुहुनेछ, किनभने तपाईंका शब्दहरूले तिनीहरूका लागि असहज वातावरण सृजना गर्छन् । परमेश्वरले पीडाको समाधानको रूपमा उद्देश्यलाई राख्नुभएको छ । पुराना चोटपटकहरूका लागि परमेश्वरको समाधान प्रेममा चल्ने प्रतिबद्धता हो । बृटिस मनोचिकित्सक सि. एम. पार्केसले भनेका छन्, ‘शोक चाहिँ…प्रेमको लागि हामीले तिर्ने मूल्य हो ।’ हामीले धेरै प्रेम गर्नेहरूले हामीलाई सबैभन्दा धेरै चोट पु¥याउन सक्छन् । ‘तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने ? के सात पल्टसम्म ?” येशूले तिनलाई भन्नुभयो, “…सत्तरी गुणा सात पल्ट”’(मत्ती १८:२१–२२) । आफ्नो शान्ति र आनन्द फेरि प्राप्त गर्नको लागि, तपाईंले क्षमा गर्नुपर्छ र विगतले तपाईंमाथि आफ्नो पकड नगुमाएसम्म क्षमा गरिरहनुपर्छ ।जब तपाईं विगतका चोटपटकबाट स्वतन्त्र बन्नुहुन्छ, यो तपाईंको लागि नयाँ दिन हो ¤

आत्मिक भोजनः २ इतिहास १९–२१ लूका १६:१९–३१ भजन ११९:११३–१२० हितोपदेश २२:१–३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...