यो परमेश्वरले बेवास्ता गर्नुहुने गरी अति सानो छैन

Jun 14, 2024

‘त्यो बन्चरो माथि उत्रँदै निस्क्यो ।’ —२ राजा ६:६

दोस्रो राजा ६ अध्यायले एक जना अगमवक्ताले नदीको छेउमा रूखहरू काट्दै गर्दा तिनको फलामको बन्चरो नदीमा खसेको कुरा बताउँछ । तिनले एलीशालाई भनेः ‘“हे मेरा प्रभु, यो त मागेर ल्याएको बन्चरो पो थियो”’ (पद ५) । तिनले भूतकालको प्रयोग गर्छन् । जहाँसम्म तिनको कुरा छ, त्यो बन्चरो सदाको लागि गइसकेको थियो । तिनीसँग त्यो बन्चरो फिर्ता पाइनेछ भन्ने कुनै आशा छैन । तिनले एलीशालाई त्यो बन्चरो हराएको ठाउँ देखाउँछन् । एलीशाले एउटा लफ्ी काटेर पानीमा फ्याँकिदिन्छन् अनि यस्तो केही कुरा हुन्छ जुन सायद त्योभन्दा पहिले वा पछि कहिल्यै भएको छैन । ‘त्यो बन्चरो माथि उत्रँदै निस्क्यो ।’ ध्यान दिनुहोस्, त्यो जीवन वा मृत्यु भनेजस्तो अवस्था थिएन । हो, त्यो उधारो बन्चरो थियो । हो, त्यो हरायो तर यदि तपाईंले अनुभव गर्नुभएको सबैभन्दा खराब कुरा त्यही हो भने, तपाईंले निकै सुरक्षित जीवन जिउनुभएको छ । तपाईंले यो आश्चर्यकर्मलाई विवाहको भोजमा येशूले पानीलाई दाखमद्यमा परिणत गर्नुभएजस्तै वर्गमा राख्न सक्नुहुन्छ । यदि तिनीहरूले पाहुनाहरूको स्वागतको लागि पर्याप्त दाखमद्य तयार राख्दैनन् भने, दुलहा र दुलहीलाई अप्ठ्यारो हुनबाट जोगाउनको लागि प्रभुले आफ्नो पहिलो आश्चर्यकर्म किन खर्चनु हुने ? यसले परमेश्वरको बारेमा केही कुरा प्रकट गर्छ । उहाँले स–साना कुराहरूमा चासो राख्नुहुन्छ, जस्तै विवाहको स्वागत र उधारो लिइएको बन्चरो । हाम्रा महान् परमेश्वरको लागि कुनै पनि कुरा धेरै ठूलो छैन अनि उहाँको लागि कुनै पनि कुरा अति सानो पनि छैन । ‘तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ’ (१ पत्रुस ५:७) । यहाँ ‘तिमीहरूका सारा फिक्री’ भन्ने शब्दहरूमा ध्यान दिनुहोस् । यदि यो तपाईंको लागि महत्वपूर्ण छ भने, यो तपाईंका प्रेमिला स्वर्गीय पिताको लागि पनि महत्त्वपूर्ण छ । ‘आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ’ (हितोपदेश ३:६) । यहाँ ‘आफ्ना सारा मार्ग’ भन्ने शब्दहरूमा ध्यान दिनुहोस् । यसकारण आज परमेश्वर तपाईंले आफ्नो जीवनको हरेक विवरण उहाँसँग बाँडचुँड गरेको चाहनुहुन्छ ।

आत्मिक भोजनः इजकिएल २७:२५–३०:२६ मर्कूस १५:३३–४७ भजन १४३ हितोपदेश १५:८–१०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...