‘धुत्ने काममा भर नपर, र चोरेको सामानमा अभिमान नगर । तिम्रो धन–सम्पत्ति बढ्यो भने त्यसमा आफ्नो ह्दय नलगाओ ।’ —भजन ६२:१०
यस विषयमा एक पटक र सदाका लागि स्पष्ट बनौँ । यदि परमेश्वरले तपाईंलाई सानो कुरामा भरोसा गर्न सक्नुहुन्छ भने, उहाँले तपाईंलाई धेरैमा पनि भरोसा गर्नुहुनेछ (लूका १६:१०, २ कोरिन्थी ९:६–११ हेर्नुहोस्) । तर उहाँका आशीर्वादहरू निश्चित शर्तहरूसाथ आउँछन् अनि यहाँ तपाईंले पालन गर्नुपर्ने चार वटा सर्तक छन् । १) जश लिने प्रयास नगर्नुहोस् । परमेश्वरले इस्राएलीहरूलाई भन्नुभयो, ‘…“हाम्रा हातको शक्ति र बलले नै यो धन–सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन–सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ…तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिस्यौ…भने, तिमीहरू अवश्य नष्ट हुनेछौ’ (व्यवस्था ८:१७–१९) । २) अरूलाई नबिर्सनुहोस् । बाइबलले आज्ञा दिन्छ ‘यस संसारका धनीहरूले…हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून् । तिनीहरूले असल कार्य गरून् र असल कामहरूमा धनी, उदार–चित्त र दानी होऊन् । यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकून्’ (१ तिमोथी ६:१७–१९) । ३) अहंकारी नबन्नुहोस् । यर्मिया हामीलाई यस्तो सल्लाह दिन्छन्, ‘बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस् अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस् अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस् तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्ः म परमप्रभुलाई जान्दछु र चिन्दछु’ (यर्मिया ९:२३–२४) । ४) कुनै पनि कुरालाई परमेश्वरको स्थान लिन नदिनुहोस् । ‘न त मलाई दरिद्रता न धन–सम्पत्ति दिनुहोस् तर मलाई केवल दिन–दिनको रोटी दिनुहोस् । अन्यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्कार गरुँला र “परमप्रभु को हो र ?” भनुँला (हितोपदेश ३०:८–९) । याद राख्नुहोस्, तपाईंसँग केही पनि छैन – तपाईं त परमेश्वरको सम्पत्तिको प्रशासक र उहाँको इच्छा पालन गर्ने व्यक्ति मात्रै हुनुहुन्छ । यो एक अद्भूत जिम्मेवारी हो, यसकारण तपाईंले यसलाई असल तरिकाले पूरा गर्नुहुन्छ भन्ने निश्चित गर्नुहोस् ।
आत्मिक भोजनः प्रस्थान २०:७ यशैया २९:२२–२४ मत्ती ६:९ फिलिप्पी २:५–११
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



