रेखा पार गर्नुहोस् (१)

Sep 27, 2024

ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अगि बढ्दछु ।’ -फिलिप्पी ३ :१४

रेखा पार गर्नुहोस् नामक आफ्नो पुस्तिकामा , साम पार्कर लेख्छन्ः प्रत्येक थोकको एउटा रेखा हुन्छ । त्यो रेखाको एकातर्फ असल थोक सृजना गर्ने धेरै ठूलो अवसर हुन्छ- अझै उत्तम नतिजाहरू, अझै उत्तम सम्बन्धहरू, थप अवसरहरू । यहाँ तपाईंले ती सबै मानिसहरूलाई पाउनुहुनेछ जसलाई तपाईंले प्रशंसा गर्नुहुन्छ । त्यो रेखाको अर्को छेउमा, त्यहाँ कम अवसर हुन्छ । अनि प्रत्येक रेखामा, तपाईंसँग एउटा विकल्प छ । तपाईं त्यो रेखा पार गर्न चाहनुहुन्छ वा चाहनुहुन्न । तपाईंले असल थोकहरू (अर्थपूणर् कुराहरू) पाउनका लागि त्यो असल मौका चाहनुहुन्छ, वा तपाईंले कम मौकामै सीमित बस्नुहुन्छ । त्यो तपाईंको छनोट हो । त्यसपछि त्यहाँ त्यस्ता समयहरू हुनेछन् जब तत्काल हेर्दा तपाईंले जे गरेपनि रेखा पार गर्न सक्नुहुन्न जस्तो देखिन्छ । तर तत्कालका त्यस्ता गुमेका अवसरहरू (बाधाहरू) दीर्घकालमा कहिलेकहीँ तपाईंको लागि रेखा पार गर्न सहायकसिद्ध हुनेछन्, जुन कुरा तपाईंले देख्न सक्नुभएको थिएन । तपाईंले भविष्यमा सामना गर्ने ठूला र थप महत्त्वपूणर् चुनौतीहरूको लागि तपाईंलाई अझै बलियो र अझै राम्ररी तयार पार्दै तिनीहरूले तपाईंको निम्ति शिक्षाको रूपमा काम गर्नेछन् र तपाईंको अनुभवलाई थप गहिराइ दिनेछन् । तर त्यो समयमा तपाईंलाई थाहा छैन । त्यस समयमा, तपाईंले त्यो रेखा मात्र देख्नुहुनेछ । अनि त्यो पर्खाल जस्तो लाग्न सक्छ । तर त्यो वास्तवमा एउटा रेखा मात्रै हो – तपाईंले पार गर्न चाहानुभएको रेखा । अनि यसलाई पार गर्ने काम तपाईंकै हो, तर तपाईंले निणर्य गर्नुपर्छ (त्यो छनोट गर्नुपर्छ) ।’ पावलले त्यो रेखा पार गर्ने छनोट गरेः ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अगि बढ्दछु’ । अगि बढ्दछु’ भन्ने शब्दमा ध्यान दिनुहोस् । यो माथि उक्लने काम हो । यसले पूणर् प्रतिबद्धताको माग गर्दछ । तर अन्त्यमा, यो यस्तो प्रतिबद्धताको योग्य छ त्त्यसकारण, आज निणर्य गर्नुहोस् र उत्तम थोक प्राप्त गर्न त्यो रेखा पार गर्नुहोस् ।

आत्मिक भोजनः १ कोरिन्थी ४-६ लूका २३ :४४-५६ भजन १३ हितोपदेश २५ :४-८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...