रोकिनुहोस् र मार्गदर्शन खोज्नुहोस्

Jan 16, 2024

‘जब सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डो¥याउनुहुनेछ…र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ ।’ —यूहन्ना १६:१३

परमेश्वरको मार्गनिर्देशन नखोजी निर्णय गर्नु भनेको राडार र कम्पास बिना नै उड्ने प्रयास गर्नु जस्तै हो । तपाईंले आफ्नो विगतको ज्ञान र अनुभवको आधारमा सही जस्तो देखिने काम गर्न सक्नुहुन्छ तर जे ‘सही देखिन्छ’ त्यसैले तपाईंको लागि सबैभन्दा महत्वपूर्ण कुरालाई नष्ट गर्न सक्छ । बाइबलले बताउँछ कि मानिसको सबैभन्दा गहिरो सोच पनि परमेश्वरको लागि मूर्खता हो (१ कोरिन्थी १:१८–२० हेर्नुहोस्) । उहाँले मात्रै बाटो जान्नुहुन्छ र उहाँ तपाईंभन्दा अगाडि जान चाहनुहुन्छ । हाम्रो सामु आउने हरेक अवसर परमेश्वरबाट आएको हो भन्ने सोच्नु गलत हो । पावल भन्छन्, ‘शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ’ (२ कोरिन्थी ११:१४) । उसका कुराहरूमा तपाईंको उत्तम हित रहेकोजस्तो देखिए तापनि, उसको मार्गले सधैँ विनाशतर्फ लैजान्छ (हेर्नुहोस् यूहन्ना ८:४४) । परमेश्वरको वचन ‘तपाईंकोे गोडाको निम्ति बत्ती र तपाईंको बाटोको निम्ति उज्यालो’ (भजन ११९:१०५) जस्तै बनेर तपाईंलाई धार्मिकताका मार्गहरूमा मार्गदर्शन गर्नको लागि हो । त्यसैले उहाँसँग पहिले परामर्श नगरी तपाईंलाई सही लाग्ने बाटो पछ्याउनु घातक हुन सक्छ । येशूले भन्नुभयो, ‘जब उहाँ अर्थात् सत्यताका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डो¥याउनुहुनेछ । उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन । उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ’ (यूहन्ना १६:१३) । सत्यता यो हो कि हामीमध्ये धेरैले स्वाभाविक रूपमा परमेश्वरलाई खोज्दैनौँ । उहाँका आत्माले हाम्रो ह्दयमा बोल्नुभएपछि मात्रै हामी उहाँको इच्छा खोज्न सुरु गर्छौं । पवित्र आत्माको निर्देशन खोज्न समय लिनुहोस् । उहाँमा भरोसा राख्नुहोस् । उहाँले तपाईंको छनोटको असर बुझ्नुहुन्छ । उहाँले तपाईंलाई ‘ठूलो तस्बिर’ देखाउनुहुनेछ र तपाईंलाई सही बाटोमा रहन मदत गर्नुहुनेछ ।यसकारण आज सबै व्यस्तताबाट एकछिन रोकिनु होस् र कुनै पनि निर्णय गर्नुभन्दा पहिले परमेश्वरको मार्गदर्शन खोज्नु बुद्धिमानी हुनेछ ।

आत्मिक भोजनः लेवी २६–२७ मत्ती ६:१–८ भजन ७४:१२–२३ हितोपदेश २:७–८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...