लडाइँको आशिष्

Aug 16, 2024

‘विश्वासको उत्तम लडाइँ लड…जसमा तिमीलाई बोलावट भएको थियो ।’ —१ तिमोथी ६:१२

जब तपाईं आफ्नो जीवन ख्रीष्टमा समर्पित गर्नुहुन्छ, तपाईंले पक्षधरता बदल्नुहुन्छ । अब तपाईं तीन वटा कुराको विरुद्धमा हुनुहुन्छ । संसार र यसका दबाव, मूल्यमान्यता र एजेन्डा । यसका आवेग र कमजोरीसाथ शरीर वा पापमय स्वभाव । शैतान, जो तपाईंलाई पराजित गर्न दृढसंकल्पित छ । तर हामीले जित्न नसक्ने लडाइँमा जान परमेश्वरले हामीलाई कहिल्यै अनुमति दिनुहुन्न, त्यसकारण यस्तो लडाइँका तीन वटा आशिष्बारे विचार गरौं । (१) यसले तपाईंलाई उच्च सतर्कतासाथ जिउन सिकाउँछ । शिमशोन सुतेको बेला दलीलाले उनको शिरको केश खौरिन् र उनको शक्ति नष्ट पारिदिइन् । नोकरहरू सुतेको बेला शत्रुले गहुँको बिचमा सामा छ¥यो र तिनीहरूको फसल नाश गर्ने जोखिम ल्यायो । (२) यो आत्मिक प्रगतिको संकेत हो । प्रतिज्ञाको भूमिमा प्रवेश गर्दा, इस्राएलीहरूले एकतीस जना राजा र सात वटा जातिलाई जित्नुपरेको थियो । साथै दैत्यहरू ¤ तिनीहरूले एक पटकमा एउटा शहर र एक पटकमा एउटा दैत्यसँग लडन्त गर्नुपथ्र्यो । अनि जब येशू तपाईंको जीवनको प्रभु बन्नुहुन्छ, उहाँले तपाईंको जीवनका समर्पण नभएका क्षेत्रहरूलाई सम्बोधन गर्नुहुनेछ, र उहाँले तिनीहरूसँग एक–एक गरी व्यवहार गर्नुहुनेछ । तपाईंका जिद्दी क्षेत्रहरूमा यो लडाइँ कठोर र लामो हुनेछ । तपाईंलाई थाहा छ तिनीहरू कुन हुन्, होइन त ? उत्साहित हुनुहोस् । परमेश्वरले तपाईंलाई त्याग्नुहुनेछैनः ‘जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ’ (फिलिप्पी १:६) । (३) यो परमेश्वरको लागि तपाईंको महत्त्वको एउटा संकेत हो । तपाईं परमेश्वरको लागि फसल उत्पादन गर्न सक्षम बिउ हुनुहुन्छ । त्यसैकारण तपाईं शैतानको निशानामा हुनुहुन्छ । ऊ तपाईंभित्र परमेश्वरले राखिदिनुभएको बहुमूल्य थोकको पछि लागेको छ । त्यसकारण, परमेश्वरले कृपाद्वारा तपाईं विजयी बन्नुहुनेछ भन्ने जानेर विश्वासको साथ उत्तम लडाइँ लडिरहनुहोस् ।

आत्मिक भोजनः १ इतिहास २३:२१–२६:१९ लूका १३:१८–३५ जन ११९:५७–६४ हितोपदेश २१:७–९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...