वचन पालन गर्नुहोस्

Mar 7, 2024

‘वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ ।’ —याकूब १:२२

एक पास्टरले लेखेका छन्ः ‘“सुन्नु” को लागि ल्याटिन शब्दबाट हामीले अडिट भन्ने शब्द पाउँछौँ । जब तपाईं कुनै कक्षा अडिट गर्नुहुन्छ, तपाईंले धेरै जानकारी लिनुहुन्छ तर तपाईंले त्यो जानकारीसकँग केही पनि गर्नुहुन्न । तपाईं गृहकार्य गर्नुहुन्न वा गर्नुहुन्छ भने तपाईंले त्यसलाई अंक प्राप्त गर्नको लागि शिक्षकलाई बुझाउनुहुन्न । तपाईंले परीक्षाहरू दिनुहुन्न अनि तपाईंले कुनै अंक पनि प्राप्त गर्नुहुन्न । हाम्रो आत्मिक जीवनमा पनि त्यस्तै हुन्छ । तपाईंले धर्मशास्त्र पढ्दैमा वा सुन्दैमा अंक प्राप्त गर्नुहुन्न । तपाईंले त्यसलाई व्यवहारमा उतार्नुपर्छ । धर्मशास्त्रको प्रत्येक शब्द आज्ञाकारितामा ढालिनुपर्छ । आज हामी जान्नु र गर्नुका बिचमा भिन्नता छुट्याउँछौँ । तर प्राचीन यहूदी सोचमा त्यस्तो भिन्नता थिएन । जान्नु भनेको गर्नु थिो र गर्नु भनेको जान्नु थियो । यदि तपाईंले काम गर्नुभएन भने, तपाईंलाई वास्तवमै त्यो कुरा थाहा थिएन भन्ने बुझिन्थ्यो । ज्ञान पर्याप्त छैन । सत्यतलाई आÇनो जीवनमा अनुवाद गरिनुपर्छ ।’ याकूबले यस्तो लेखेका छन्ः ‘तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफँैलाई धोका नदेओ । कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आÇनो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ , र त्योय आफै कस्तो थियो, त्योा तुरुन्तै बिर्सिहाल्छ । तर त्यो मानिस जसले स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ, अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ’ (पद २२–२५) । तपाईंलाई थाहा भएको कुराको लागि परमेश्वरले तपाईंलाई आशिष् दिनुहुन्न तर तपाईंले जान्नुभएको कुरासँग तपाईंले के गर्नुहुन्छ त्यसको लागि आशिष् दिनुहुन्छ । त्यसकारण तपाईंले प्रत्येक पटक तपाईंलाई केही गर्न बताउने पद भेट्टाउनुहुँदा, त्यस दिन त्यसलाई व्यवहारमा लागु गर्नुहोस् ।

आत्मिक भोजनः प्रकाश १०–१४ मत्ती २१:१८–३२ भजन १३६:१–१२ हितोपदेश ६:३०–३१

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...