‘जेठाको नाउँ योसेफले मनश्शे राखे…र अर्काको नाउँ तिनले एफ्राइम राखे ।’ —उत्पत्ति ४१:५१–५२
वर्तमान कष्टभन्दा परसम्म देख्नुतपाईंले कुनै दुःखद घटना वा हानि अनुभव गर्नुहुँदा, तपाईंले मदत पाउनुभएन भने तपाईंले आफैलाई भावनात्मक रूपमा बन्द गर्न सक्नुहुन्छ र त्यही अवस्थामै फसिरहन सक्नुहुन्छ । अनि जब तपाईं विगतको पीडामा ध्यान केन्द्रित गर्नुहुन्छ, तपाईं भविष्यमा तपाईंको लागि परमेश्वरको आशिष् गुमाउने जोखिममा हुनुहुन्छ । यदि कसैसँग निराश भएर हार मान्ने कारण थियो भने, त्यो व्यक्ति योसेफ थिए । जसले उनलाई माया गर्नुपथ्र्यो तिनीहरूले उनीसँग रिसाए र उनलाई धोका दिए । उनलाई निन्दा गरियो, उनको बारेमा झूट बोलियो र उनलाई झूटो मुद्दामा कैद गरियो । यो सबै पार गरेर उनी कसरी जिउन सके ? उत्पत्ति ३९ मा चार पटक बाइबलले भन्दछ, ‘परमप्रभु योसेफसँग हुनुहुन्थ्यो ।’ परमेश्वरको उपस्थितिको अनुभव हुनुले तपाईंलाई अन्यथा नष्ट पार्ने कुराहरूबाट जोगाएर पार गराउनेछ । योसेफलाई थाहा थियो कि तिक्ततालाई पक्रनुको सट्टा क्षमा गर्दा र बिर्संदा उनले आफैलाई स्वतन्त्र बनाइरहेका थिए र परमेश्वरले उनको लागि राखिदिनुभएको भविष्य र नियति पूरा गर्न आफैलाई तयार बनाइरहेका थिए । यो कुरा हामी कसरी थाहा पाउँछौं ? उनले आफ्ना दुई छोराको नाम जे राखे त्यसबाट । ‘जेठाको नाउँ योसेफले मनश्शे राखे, र तिनले भने, “परमेश्वरले मेरा सबै कष्ट र मेरा बुबाका घरको सम्झना मलाई बिर्साउनुभएको छ ।” अर्काको नाउँ तिनले एफ्राइम राखे, र तिनले भने, “परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनुभएको छ ।”’ योसेफलाई उनको परिवारले दिएको पीडा बिर्सन कसले सक्षम बनायो ? परमेश्वर अरूले आफूमाथि गरेको अन्यायमाथि विजय हासिल गर्न तिनलाई केले सक्षम बनायो ? परमेश्वरको उपस्थितिको दैनिक भावना । र आज, परमेश्वरको उपस्थितिले तपाईंको लागि पनि त्यसै गर्नेछ । तपाईंलाई उहाँको प्रतिज्ञा यही हो, ‘तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् तँ आगोबाट हिँडेर जाँदा डढ्ने छैनस् । त्यसको ज्वालाले तँलाई भस्म पार्ने छैन । किनभने म परमप्रभु, तेरा परमेश्वर हूँ (यशैया ४३:२–३) ।आज परमेश्वरका यस्ता प्रतिज्ञाले हामीलाई वर्तमान युगका कष्टभन्दा परसम्म पुग्न सहायता गरून् ।
आत्मिक भोजनः उत्पत्ति २०–२३ यूहन्ना १४:१–१४ भजन ११८:१०–१८ हितोपदेश ३१:१०–१३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


