विजयी जीवनका लागि चार सिद्धान्तहरू

Mar 13, 2024

‘सतर्क रहो, विश्वासमा दृढ भइरहो । साहसिलो र सामर्थी बन ।’ —१ कोरिन्थी १६:१३

येशूले भन्नुभयोः ‘धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन् र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन् । तब रमाओ र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए ¤’ (मत्ती ५:११–१२) । यदि तपाईं आलोचनाप्रति अति सम्वेदनशील हुनुहुन्छ भने, तपाईंको जीवनमा कठिन समय हुनेछ किनभने तपाईं शैतानको लागि सजिलो लक्ष्य बन्नुहुनेछ । पावलले आÇना मित्रहरूबाट त्यागिएको, कोरिन्थीहरूबाट तीता पत्रहरू प्राप्त गरेको, गलातीहरूबाट निराशा, फिलिप्पीमा दुव्र्यवहार, एथेन्समा गिल्ला सहनुप¥यो भने अन्त्यमा उनी रोममा कैदमा परे र उनको टाउको काटियो । बाइबलले हामीलाई विजयी जीवनको लागि यी चार विटा सद्धान्त दिन्छः (१) सतर्क रहनुहोस् । किन ? किनभने तपाईंको एउटा शत्रु छ जो तपाईंलाई निल्न तयार छ (१ पत्रुस ५:८ हेर्नुहोस्) । त्यो कुन कुराको पछि लागेको छ ? परमेश्वरले दिनुभएको सम्भाव्यता जुन तपाईंभित्र छ भन्ने त्यसलाई थाहा छ । तपाईं आशिषको फसल उत्पादन गर्न सक्षम बिउ हुनुहुन्छ । (२) विश्वासमा दृढ खडा रहनुहोस् । किन ? किनभने तपाईं आÇनो भावना, आÇनो परिस्थिति वा अरूको विचारमा खडा हुन सक्नुहुन्न । ती कुराहरू निरन्तर परिवर्तन हुन्छन्, त्यसैले तपाईं परमेश्वरको वचनमा दृढ रहनुपर्छ । (३) साहसी बन्नुहोस् । किन ? किनकि लडाइँ चर्किएको बेला कमजोर वा केटाकेटी जस्तो बनेर पार लाग्दैन । यो वृद्धि हुने समय हो† यदि तपाईं पच्चीस वर्षपछि पनि उही गल्ती गर्दैहुनुहुन्छ भने, तपाईंले आवश्यक मात्रामा सिकिरहनुभएको छैन । (४) बलियो बन्नुहोस् । किन ? किनभने कमजोरीचाहिँ शत्रुलाई निम्तो हो । यो सधैँ आत्मसमर्पणभन्दा पहिले आउँछ तर हार मानेर छोड््नु तपाईंको लागि विकल्प होइन । परमेश्वरले आÇना जनहरूलाई प्रतिज्ञाको भूमि उनीहरूको हो भन्नुभयो– तर उनीहरूले त्यसको लागि युद्ध गर्नुपर्नेथियो । अनि तपाईंले पनि त्यस्तै लडन्त गर्नु पर्नेछ ¤यसकारण विजयी जीवनका लागि तपाई संयम,साहस,दृढतासाथ अगि बढ्नु जरुरी छ ।

आत्मिक भोजनः २ राजा ७–८ मत्ती २३:१–१४ भजन २७ हितोपदेश ७:१०–१३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...