‘एलीशाले एलियाका हातमा पानी हालिदिन्थे ।’ —२ राजा ३:११
एलीशाले एलियाको सेवा गर्न थाले र कतिपय अर्थमा तिनलाई उछिन्न पुगे । बाइबलका प्राचीन समयमा नोकरहरूले आफ्नामालिकका हात र खुट्टा धोइदिन्थे । एलीशाले त्यसै गरे । उनले एलियाको हातमा पानी खन्याउने विनम्र कामसाथ सुरु गरे अनि एलियाको खास्टो पाएर आश्चर्यजनक रूपमा यर्दन नदीको पानीलाई विभाजन गर्न त्यसलाई प्रयोग गरे । वर्षौंसम्म उनले खाना पकाए, लुगा धोए अनि एलियाको पाल बनाइदिए । अनि जब एलिया स्वर्गमा गए, तब एलीशाले तिनको आत्माको दोब्बर भाग पाए र एलियाको भन्दा दोब्बर आश्चर्यकर्महरू गरे । यहाँ एउटा महत्त्वपूर्ण पाठ छ । यदि तपाईं माथिबाट सुरु गरेर प्रभुको सेवामा प्रवेश गर्न चाहनुहुन्छ भने, तपाईं असफल बन्नुहुनेछ । किन ? किनभने अर्थपूर्ण पदोन्नति प्रभुबाट मात्र आउँछ (भजन ७५:६–७ हेर्नुहोस्) । पृथ्वीमा आफ्नो समय सीमित भएको थाहा पाएर, पावलले आफ्नो सेवाकार्यको लागि उत्तराधिकारको योजना बनाए । अनि यदि तपाईं बुद्धिमान् हुनुहुन्छ भने, तपाईंले त्यसै गर्नुहुनेछ । तिमोथीसँग कुरा गर्दै, तिनको नियुक्त उत्तराधिकारी, पावलले लेखे, ‘प्रभुको सेवक झगडालु हुनुहुँदैन, तर हरेकको लागि दयालु हुनुपर्छ’ (२ तिमोथी २:२४) । जब तपाईं अरूसँग प्रतिस्पर्धा गर्ने प्रयास गर्नुहुन्छ वा शीर्षमा पुग्नको लागि तपाईंको फाइदाको लागि परिस्थितिको दुरुपयोग गर्नुहुन्छ, तब परमेश्वरले तपाईंको बाटो रोक्नुभयो भने अचम्म नमान्नुहोस् । पत्रुसले सेवकार्य सुरु गर्दा उनी नसधाइएको दौडको घोडा जस्तै थिएः तनावपूर्ण, जोशिलो, महत्वाकांक्षी । पछि तिनले यस्तो लेखेः ‘यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ । तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ’ (१ पत्रुस ५:५–६) ।यसकारण विनम्रता धारण गर्नु नै आदरको मार्ग हो भन्ने बुझेर सेवा गर्नु असल हुन्छ ।
आत्मिक भोजनः प्रस्थान १–३ लूका २४:४५–५३ भजन ५१ हितोपदेश २५:२३–२५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



