‘मेरो अनुग्रह तेरो लागि प्रशस्त छ, किनकि मेरो शक्ति दुर्बलतमा सिद्ध हुन्छ ।’ —२ कोरिन्थी १२:९
बाइबलमा कसको विवाह सबैभन्दा उत्कृष्ठ थियो भन्ने तपाईं ठान्नुहुन्छ ? आदम र हव्वाको जीवन प्रमोदवनमा सुरु भयो तर त्यहाँदेखि सबै कुरा बिग्रियो । अब्राहामले आफ्नी पत्नी सारालाई आफ्नी बहिनी भनेर झूट बोले, त्यसपछि तिनकी दासी हागारलाई विवाह गरे । इसहाक र रिबेकाले आफ्नो वैवाहिक जीवनको धेरैजसो समय लडाइँमा बिताए किनभने याकूबले एसावको पक्ष लिए अनि रिबेकाले याकूबको । याकूबका दुई पत्नी र तिनीहरूका दासीहरूबाट सन्तानहरू थिए । मोशाकी पत्नीको बारेमा हामीलाई थाहा छ कि उनीहरूका छोराको खतना गर्ने विषयमा विवाद भएको थियो र तिनले मोशालाई ‘रगतको दुलहा’ (प्रस्थान ४:२६) भनिन् । एक पतिका रूपमा दाऊद पूर्ण रूपमा असफल थिए अनि सोलोमन त अझै खराब भए । जब अय्यूबको जीवन कठिन भयो, उनकी पत्नीले उनलाई भनिन्, ‘परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस् ¤’ (अøयुब २:९) । कथाहरूमा चित्रण गरिएअनुसार तपाईंले विवाह नगरेसम्म जीवन एक कठिन यात्रा हो– त्यसपछि तपाईं खुशीसाथ जिउनुहुन्छ तर बाइबलमा कतै पनि कुनै दम्पतीले विवाहपछि सधैं खुशीसाथ जीवन बिताएको अभिलेख छैन । विवाहले कसैको उद्धार गर्दैन, येशूले मात्रै उद्धार गर्नुहुन्छ । तापनि चर्चहरूमा कति पटक दम्पतीहरू चुपचाप पीडामा बस्छन् ¤ तिनीहरूले आत्मिक सफलताको छबि प्रदर्शन गर्नु छ तर तिनीहरूमा घनिष्ठताको आनन्द हुँदैन । अथवा त्यहाँ दुव्र्यवहार भइरहेको हुनुसक्छ । वा तिनीहरूकी जवान छोरी गर्भवती भएकी छिन् र के गर्ने भनी तिनीहरूले सोच्न सकेका छैनन् वा तिनीहरूमध्ये कोही एक सधैँ रक्सी पिएर बस्ने व्यक्ति हो वा तिनीहरूले आर्थिक रूपमा टाट पल्टेका छन् । प्रायः जसो मानिसहरू जसलाई सबैभन्दा धेरै मदत चाहिन्छ तिनीहरूले नै थोरै मदत पाउँछन्, किनकि अहंकारको कारण उनीहरू झुक्न सक्दैनन् । तर यदि वास्तविक मानिसहरू विवाहको बारेमा बाइबल जत्तिकै सत्यवादी हुने हो भने के हुन्थ्यो होला ? धर्मशास्त्रमा, विवाह एउटा यस्तो ठाउँ हो जहाँ हामी सिक्छौँ, परमेश्वरको अनुग्रह प्राप्त गर्छौं र प्रेममा सँगसँगै वृद्धि हुन्छौँ ।
आत्मिक भोजनः दानिएल ५–७ मत्ती ७:१५–२९ भजन ८९:१–१४ हितोपदेश २:२०
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


