‘स्याबास, असल र विश्वासी नोकर ’ —मत्ती २५:२३
येशूले यी शब्दहरूसाथ सुनका सिक्काको दृष्टान्त सुरु गर्नुहुन्छः ‘किनकि स्वर्गको राज्य…जस्तै छ’ (पद १४) । यहाँनेर उहाँले जोड दिनुभएको मुख्य कुराहरूमध्ये एकचाहिँ विश्वासयोग्य हुनुको महत्त्व हो । चाहे परमेश्वरले तपाईंलाई पाँच सिक्का, दुई सिक्का, वा एक सिक्का दिनुभएको होस्, उहाँको लागि महत्त्वपूर्ण कुरा तपाईंको विश्वासयोग्यता हो । ‘मालिकले त्यसलाई भने, “स्याबास, असल र विश्वासयोग्य नोकर तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु । तँ आफ्ना मालिकको खुशीमा सहभागी हो’ (पद २१) । तपाईंले याद गर्नुहुनेछ कि उहाँले ‘स्याबास, लोकप्रिय नोकर ’ वा ‘तेज नोकर ’ भन्नुभएन, तर ‘विश्वासयोग्य नोकर’ भन्नुभयो । ख्रीष्टले ती व्यक्तिहरूको बारेमा कुरा गर्दै हुनुहुन्छ जसलाई प्रायः ध्यान दिइएको हुँदैन तर जो उहाँका उद्देश्यहरूका लागि अपरिहार्य छन् । उहाँले तिनीहरूको बारेमा कुरा गर्दै हुनुहुन्छ तुरही फुक्दैनन्, आफ्नो कामको प्रचार गर्ने ब्यानर टाँग्दैनन्, अनि तालीको अपेक्षा गर्दैनन् । उहाँले तिनीहरूको बारेमा कुरा गरिरहनुभएको छ जो दिनहुँ काममा उपस्थित हुन्छन् अनि परमेश्वरले दिनुभएको वरदान प्रयोग गर्छन्, उहाँले तिनीहरूलाई जिम्मा दिनुभएको काम गर्न । मानिसहरूद्वारा बेवास्ता गरिएका तर परमेश्वरद्वारा वास्ता र पुरस्कृत गरिएका ‘परमेश्वर अन्यायी हुनुहुन्न, र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न। तिमीहरू अझै पनि त्यस्तै सेवा गरिराखेका छौ’ (हिब्रू ६:१०) । यी शब्दहरूले ती व्यक्तिहरूको वर्णन गर्छन् जसले आफ्नो प्रचारप्रसार गर्दैनन् अनि छायाँमा रहेर सेवा गर्न पाउँदा खुसी हुन्छन् । यी शब्दहरूले त्यस्ता मानिसहरूको वर्णन गर्छन् जसले दौड सुरु मात्र गर्दैनन् तर दिनदिनै त्यो दौड दौडछन्, जो अन्तिम रेखामा नपुगेसम्म रोकिँदैनन् । तपाईंले धेरै फरक पार्नुहुन्छ भनी अरूले नठान्लान्, तर परमेश्वरले ठान्नुहुन्छ । अरूले सीपको स्तर र सफलताको स्तरबाट तपाईंको मूल्याङ्कन गर्छन्, तर परमेश्वरले तपाईंको विश्वासयोग्यताबाट तपाईंको मापन गर्नुहुन्छ ।यसकारण विश्वासयोग्यता कायम गर्नु धेरै महत्त्वपूर्ण छ ।
आत्मिक भोजनः उत्पत्ति २८:१–३०:२४ यूहन्ना १५:१–१७ भजन १४ हितोपदेश ३१:२२–२४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



