‘येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु ।”’ —मत्ती २१:२४
येशूले प्रायः प्रश्नको जवाफ प्रश्नद्वारै दिनुभयो । कर तिर्नेबारे मानिसहरूले उहाँलाई प्रश्न गर्दा उहाँले एउटा सिक्का लिएर भन्नुभयो, ‘“यो तस्बिर र छाप कसको हो ?” तिनीहरूले उहाँलाई भने, “कैसरको ।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरका चिजहरू कैसरलाई देओ, र परमेश्वरका चिजहरू परमेश्वरलाई ।” तिनीहरूले उहाँसँग अचम्म माने’ (मर्कूस १२:१६–१७) । यस्तो देखिन्छ कि हामी प्रश्नहरू सोध्न डराउँछौं, र तिनीहरूको जवाफ दिन डराउँछौं । तर परमेश्वरले घमण्डबाट जन्मेको भूmटो प्रार्थनाभन्दा नम्रताबाट जन्मेको वास्तविक प्रश्न ग्रहण गर्न चाहनुहुन्छ । हामी परमेश्वरसँग र एक–अर्कासँग वास्तविक हुनुपर्छ । यदि हामी मानिसहरूले सामना गरिरहेका वास्तविक समस्याहरूको बारेमा कुरा गर्दैनौं भने, हामीले हाम्रो अगमवाणीय आवाज गुमाउनेछौं । मानिसहरूले हामीलाई ‘परमेश्वर को हुनुहुन्छ ? म को हुँ ? मेरो जीवनको वास्तविक उद्देश्य के हो ?’ जस्ता प्रश्नहरू सोध्दा, हामीले जीवनको यात्रामा टिपेका सजिला उत्तररहरू वा बासी थेगाहरूले तिनीहरू सन्तुष्ट हुनेछैनन् । ती प्रश्नहरूबाट परमेश्वर डराउनुहुन्न । उहाँले तिनीहरूलाई मन पराउनुहुन्छ । जिज्ञासु बच्चाको आमाबाबु जस्तै, परमेश्वर कहिलेकहीँ हाम्रा प्रश्नहरूमा हाँस्नुहुन्छ । तर उहाँले तिनीहरूलाई सधैं स्वागत गर्नुहुन्छ । चर्च त्यस्तो सुरक्षित स्थान हुनुपर्छ जहाँ मानिसहरूले जोखमपूर्ण प्रश्नहरू सोध्न सक्छन् । तर प्रायः हामी ती प्रश्नहरूको जवाफ दिने कुरामा दोषी हुन्छौं जुन कसैले सोधेकै हुँदैन । हामीले यथास्थितिलाई चुनौती दिनुपर्छ, तर प्रायः हामी यसको रक्षा गर्न दोषी छौं । तर के यसो भए के हुन्छ ? यदि हामीले जबर्जस्ती जवाफहरू दिन बन्द गर्यौं र हाम्रा चर्चहरूमा मौलिक जिज्ञासालाई उन्मुक्त रूपमा प्रकट हुन लिन सिक्यौं भने के हुन्छ ? परमेश्वरको बारेमा हाम्रो जिज्ञासाले उहाँलाई चिन्नका लागि शान्त नहुने इच्छालाई उत्प्रेरित गर्छ ।त्यसकारण, प्रश्नहरू सोधिरहनुहोस्, र अरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिनुहोस् ।
आत्मिक भोजनः विलाप १:१–३:३९ मर्कूस १२:२८–४४ भजन १०८ हितोपदेश १३:२४–२५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



