वृद्ध हुन नडराउनुहोस् (१)

Jan 12, 2024

‘मेरा छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्ने छन् ।’ —यशैया ६५:२२

हामी यस्तो चञ्चल समाजमा बस्छौँ जहाँ हाम्रो छालाको केही चाउरी जस्ता साधारण कुराले समेत तपाईंको आत्म–सम्मानलाई नष्ट गर्न सक्छ । तर तपाईं त्यस्तो मूल्य प्रणालीको शिकार हुनुपर्दैन । ‘रूखको आयु जस्तै मेरा प्रजाको आयु हुनेछ, र मेरा छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्’ (पद २२) । कसैले भनेका छन्, ‘उमेर भनेको वस्तुस्थितिभन्दा मनस्थितिको मामिला हो । यदि तपार्इंले यसमा ध्यान दिनुभएन भने यसले असर गर्दैन ¤’ त्यसकारणः १) परमेश्वरसँग बलियो सम्बन्ध बनाउनुहोस् । उहाँसँग कुरा गर्दै र उहाँको वचन पढ्दै समय बिताउनुहोस् । ‘हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो ह्दयमा लुकाइराख् । किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन् र तेरो लागि सम्पन्नता ल्याउनेछन्’ (हितोपदेश ३:१–२) । २) वृद्ध उमेरको वास्तविकता स्वीकार गर्नुहोस् । यसको सामना गर्नुहोस्, तपार्इं गर्भमा आउनुभएको क्षणदेखि नै वृद्ध हुँदै आउनुभएको छ । वास्तवमा, तपाईंको जन्म दिनमा नै तपाईं नौ महिनाको हुनुहुन्थ्यो । त्यसकारण, वृद्ध अवस्थाको बारेमा चिन्ता गर्नुचाहिँ हरेक दिन घाम अस्ताउँछ भनी चिन्ता गर्नुजत्तिकै व्यर्थ छ । आफ्नो जीवनको लम्बाइको बारेमा चिन्ता गर्नुको सट्टा, यसको प्रत्येक दिनको अधिकतम उपयोग गर्नुहोस् । हरेक बिहान ऐनामा हेरेर यस्तो घोषणा गर्नुहोस्, ‘आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔँ र रमाऔँ ’ (भजन ११८:२४ हेर्नुहोस्) । ३) सधैं एउटा लक्ष्य लिनुहोस् । यस्तो लक्ष्य संसारको नजरमा कुनै ठूलो कुरा हुनु पर्दैन, तपाईंको हात र दिमागले गर्नको लागि केही भए पुग्छ । एलेनोर रुजवेल्टले भनेकी छिन्, ‘म कुनै पनि उमेरमा आगोको छेउमा बसेर टुलुटुलु हेर्नमै सन्तुष्ट रहन सक्दिनँ ।’ यसकारण पढ्नुहोस्, वृद्धि हुनुहोस्, योगदान गर्नुहोस्, संलग्न बन्नुहोस् र आफ्नो अन्तिम साससम्म जीवन्त भएर बाँच्नुहोस् ¤

आत्मिक भोजनः लेवी १८–२० मत्ती ५:१३–२६ भजन ७१:१–१६ हितोपदेश २:१–२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...