‘तिनीहरूले बुढेसकालमा पनि फल फलाउनेछन् ।’ —भजन ९२:१४
के वृद्ध भइने विचारले तपाईंलाई निराश तुल्याउँछ, चिन्तित बनाउँछ वा तपाईंको दृष्टिकोणमा तपाईंलाई भाग्यवादी बनाउँछ ? यदि त्यसो हो भने, यो पढ्नुहोस्ः ‘तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्छन्, हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउँछन् । बुढेसकालमा पनि तिनीहरू फलदायी हुन्छन् र तिनीहरू ताजा र हरिया रहन्छन्’ (पद १३–१४) । वृद्ध हुँदैजाँदा ‘ताजा र हरियो’ रहने तरिका यहाँ छः १) आफ्नो स्वास्थ्यको रक्षा गर्नुहोस् । अध्ययनले देखाउँछ कि असल स्वास्थ्य नै बुढेसकालमा खुशीको स्तर निर्धारण गर्ने पहिलो कारक हो । त्यसैले स्वस्थ भोजन गर्ने प्रयास गर्नुहोस् र सक्नुहुन्छ भने अक्सर व्यायाम गर्नुहोस् । धेरै पानी पिउनुहोस्, आफ्नो दैनिक भिटामिन लिनुहोस् र नियमित स्वास्थ्य परीक्षण गर्नुहोस् । यी प्रयत्नहरूले तपाईंलाई लामो आयुको सुनिश्चित त दिँदैनन् तर तिनीहरूले यहाँ पृथ्वीमा तपाईंको समयको गुणस्तर सुधार गर्न मदत गर्नेछन् । २) उत्कृष्ठ देखिनुहोस् । तपाईंको आर्थिक अवस्थाले जति अनुमति दिन्छ, हरेक उमेरमा सुहाउँदो लुगा लगाउनुहोस् । जब तपाईं सुन्दर देखिनुहुन्छ, तपाईंले सुन्दर र उत्प्रेरित महसुस गर्नुहुन्छ । तर आकर्षक देखिने प्रयत्नमा सन्तुलन कायम राख्नुहोस् । शमुएललाई परमेश्वरले भन्नुभएका वचन सम्झनुहोस्ः ‘तर परमप्रभुले शमुएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर् । मैले त्यसलाई इन्न्कार गरेको छु । परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न । मानिसले रूप हेरेर विचार गर्छ तर परमप्रभुले ह्दयभित्र हेरेर विचार गर्नुहुन्छ’ (१ शमूएल १६:७) । दुई पटक सोच्नुहोस्, आफ्नो मनसाय जाँच्नुहोस्, परमेश्वरको सल्लाह खोज्नुहोस्, अनि श्रृंगारिक प्रक्रियामा जानुअगि आफ्नो गृहकार्य गर्नुहोस् । कतिपय त्यस्ता प्रक्रियाहरू महँगा र निकै जोखिमपूर्ण हुन सक्छन् । ३) मदत गर्न कसैलाई खोज्नुहोस् । मदर टेरेसाले भनेकी छिन्, ‘हामीले ठूलो काम गर्न सक्दैनौँ । हामी स–साना कामहरू ठूलो प्रेमले गर्न मात्रै सक्छौँ ।’ अरूको आवश्यकताहरू पूरा गर्दा आफूले महसुस गर्ने शक्ति, आत्मसम्मान र सन्तुष्टिको भावना देख्दा तपाईं छक्क पर्नुहुनेछ । यस सन्दर्भमा, एक अज्ञात कविले लेखेका छन्, ‘प्रेम र दिने कामले नै जीवनलाई जिउनयोग्य बनाउँछन् ¤’
आत्मिक भोजनः लेवी २१:१–२३:२५ मत्ती ५:२७–३७ भजन ७१:१७–२४ हितोपदेश २:३–५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


