‘यी कर्तव्यहरू पालन गर । तिनीहरूमा नै लागिबस ।’ —१ तिमोथी ४:१५
व्यक्तिगत वृद्धिप्रति प्रतिबद्ध बन्नुहोस्पावलसँग आफ्नो सेवकार्यको लागि उत्तराधिकारको योजना थियो । त्यसैले तिनले तिमोथीलाई सल्लाह दिए र तिनलाई निर्देशन दिए, ‘यी कर्तव्यहरू पालन गर । तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून् ।’ ‘ताकि तिम्रो प्रगति सबैले देखून्’ भन्ने शब्दहरुको अर्थ हुन्छ वृद्धिलाई नाप्न सकिन्छ । प्रश्नः तपाईंको जीवनका पछिल्ला केही वर्षलाई फर्केर हेर्दा तपाईं कुन क्षेत्रमा वृद्धि हुनुभयो ? अगाडि पढ्नुअगि, एक क्षण रोकिनुहोस्, र तपाईंले त्यो प्रश्नको जवाफ कसरी दिनुहुन्छ भन्नेबारे होसियारीपूर्वक सोच्नुहोस् । बाल्यकालमा हाम्रो शरीर स्वतः वृद्धि हुन्छ । तर हामीमध्ये कतिपयले वयस्क हुँदैजाँदा आत्मिक, भावनात्मक र मानसिक वृद्धिले पनि त्यही अनुपातमा हुन्छ भन्ने ठान्छौं । हामीलाई लाग्छ कि समय बित्दैजाँदा, हामी अवश्य सुधार हुन्छौं । हामी चाल्र्स शुल्ज नामक हास्यव्यंगकारको कार्टुन पात्र चार्ली ब्राउन जस्तै छौं, जसले एक पटक यस्तो भनेको थियो, ‘मलाई लाग्छ मैले जीवनको रहस्य पत्ता लगाएको छु– तपाईंलाई बानी नबस्दासम्म यत्तिकै रहिरहनुहोस् ।’ समस्या यो हो कि तपाईं यत्तिकै बाँचेर मात्रै असल बन्दै जानुहुन्न† तपाईंले यसका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्छ । संयोगवश कोही पनि असल बन्दै जाँदैन । व्यक्तिगत वृद्धि आफै हुदैन । जब तपाईंले आफ्नो औपचारिक शिक्षा पूरा गर्नुहुन्छ, तपाईंले वृद्धि प्रक्रियाको पूर्ण स्वामित्व लिनुपर्छ किनभने अरू कसैले तपाईंको लागि यसो गरिदिने छैन । वृद्धिका लागि उत्तम निर्देशिका तपाईंको बाइबल नै हो । यो ‘जीवित र शक्तिशाली’ छ (हिब्रू ४:१२) । तपाईंलाई थाहा हुनु पर्ने सबै कुरा अनि तपाईंलाई वृद्धिनको लागि आवश्यक पर्ने सबै कुरा यसका पृष्ठहरूमा फेला पार्न सकिन्छन् । त्यसैकारण, आफ्नो बाइबल खोल्नुहोस् । यसमा डुब्नुहोस् । यसलाई पढ्नुहोस् । त्यसमा ध्यान गर्नुहोस् । आफ्नो जीवनमा यसका सिद्धान्तहरू लागू गर्नुहोस्, र तपाईं कसरी वृद्धिहुनुहुन्छ भन्ने देख्दा तपाईं छक्क पर्नुहुनेछ ।आज आफ्नो व्यक्तिगत वृद्धिप्रति प्रतिबद्ध बन्नुहोस् ।
आत्मिक भोजनः उपदेशक १–४ यूहन्ना ११:२८–३७ भजन ५० हितोपदेश ३०:७–१०
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



