व्यक्तिगत वृद्धिबारे गम्भीर बन्नुहोस्

Sep 29, 2024

बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस् ।’ -१ इतिहास ४ :१०

याबेसको कथाले धर्मशास्त्रका दुई वटा पद मात्रै लाई लिन्छ, तर तिनीहरूमा जीवन परिवर्तन गर्ने सत्यता समावेश छः याबेस आफ्ना दाजुभाइहरूभन्दा बढी मानका थिए । तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्यसलाई वेदनामा जन्माएँ ।” याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, “बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस् त्त् तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस् ।” अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो’ (पद ९-१०) । त्यो प्रार्थना यी शब्दहरूमा सारांशित गर्न सकिन्छः म वृद्धि हुन चाहन्छु, म जान्न चाहन्छु, म जान चाहान्छु त्त्’ तपाईंले सामना गर्नुहुने सबैभन्दा ठूलो जोखिम भनेको तपाईंले व्यक्तिगत वृद्धिलाई पछिको प्राथमिकता बनाउनुहुनेछ भन्ने विचार हो । त्यो खाल्डो बाटोमा नफस्नुहोस् । कसैले भनेका छन्, खाल्डो बाटो र चिहानको बिचमा भिन्नता भनेको लम्बाइ मात्रै हो त्त्’ यदि तपाईं आफ्नो ईश्वर-प्रदत्त सम्भाव्यतामा पुग्न चाहनुहुन्छ भने, तपाईंले जीवन अनुभव गर्नुभन्दा बढी गर्नु अनि यात्रा गर्दैजाँदा तपाईंले जान्नुपर्ने कुराहरू सिक्नुहुन्छ भन्ने आशा गर्नुभन्दा बढी अरु केही गर्नु आवश्यक छ । तपाईंको भविष्यलाई यसको आवश्यकता छ भनेझैं गरी तपाईंले विकासका अवसरहरूलाई पक्रनुपर्छ- किनभने तपाईंको भविष्यलाई यसको आवश्यकता छ । वृद्धि यत्तिकै हुँदैन; तपाईंले लक्षित रूपमा यसको खोजी गर्नुपर्छ । तपाईंले भन्नुहोला, तर म असफल हुन डराउँछु ।’ हामी सबैमा डर छ । तर त्यहाँ शुभ खबरः हामी सबैमा विश्वास छ । परमेश्वरले हरेकलाई विश्वासको नाप दिनुभएको छ’ (रोमी १२ :३) । तपाईंले आफैलाई सोध्नुपर्ने प्रश्न हो, म कुनलाई बलियो बन्न अनुमति दिनेछु, मेरो डर वा मेरो विश्वासलाई ?’ परमेश्वरले तपाईंको निम्ति महान् कुराहरू साँचेर राख्नुभएको छ ।यसकारण आज विश्वासमा खडा हुनुहोस् र अवसरहरूलाई पक्रन सुरु गर्नुहोस् ।

आत्मिक भोजनः हिब्रू ११ :७ उत्पत्ति ६ :९-२२ उत्पत्ति ८ :१८-२२ मत्ती २४ :३६-४१

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...