शैतानका युक्तिहरू पर्दाफास गर्नु (२)

Oct 7, 2024

‘दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर ।’ —एफिसी ६:११

बाइबलले भन्दछः ‘अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामथ्र्यमा बलवान् होओ । दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर । किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट््याइँका आत्मिक सेनाहरूका विरुद्ध हो’ (पद १०–१२) । ‘वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध’ भन्ने शब्दहरू याद गर्नुहोस् । जब दानिएलले प्रार्थना गरे, तिनले ती सामर्थवान् शक्तिहरूको सामना गरे । ‘तिनले मलाई भने, “नडराऊ दानिएल, तिमीले आफ्नो मन समझतिर लगाएको र तिम्रा परमेश्वरको सामु आफैलाई नम्र तुल्याएको पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको थियो, र म तिनकै प्रतिउत्तरमा आएको छु । तर फारस राज्यका राजकुमारले मलाई एक्काइस दिनसम्म विरोध गरे । तब प्रधान राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई मदत गर्न आए, किनभने फारसको राजासँग म त्यहीँ रोकिएँ’ (दानिएल १०:१२–१३) । ‘म त्यहीँ रोकिएँ’ भन्ने शब्दमा ध्यान दिनुहोस् । जब तपाईं परमेश्वरसँग हिँड्न र उहाँको इच्छा पूरा गर्न प्रतिबद्ध हुनुहुन्छ, शैतानले तपाईंलाई प्रत्येक मोडमा रोक्ने प्रयास गर्नेछ । यदि उसले तपाईंलाई प्रार्थनामा समय बिताउनबाट रोक्न सक्दैन भने, उसले तपाईंको प्रार्थनालाई रोक्ने प्रयास गर्नेछ । एक्काइस दिनसम्म, दानिएलले छक्क पर्दै सोचे, प्रभु, तपाईंले पहिले पनि मेरो प्रार्थनाको जवाफ दिनुभएको छ† अहिले कसरी जवाफ दिनुभएन ? तर दानिएलको जवाफ बाटैमा थियो । अनि तपाईंको जवाफ पनि आउँदैछ । ख्रीष्टियनहरूले कुनै कुर ‘पूरा नहुञ्जेल प्रार्थना गर्ने’ भन्ने चर्चा गर्थे । यसको अर्थ परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ र जवाफ दिनुहुन्छ भन्ने कुरा जानेर परमेश्वरको वचनमा दृढतापूर्वक खडा हुनु, येशूको सर्वशक्तिमान तथा सर्वव्यापी नाममा प्रार्थना गर्नु, अधीर हुन इन्कार गर्नु, र हार मान्न इन्कार गर्नु हो ।आज हामीले थाहा पाइराख्नुपर्छ कि शैतानले हाम्रो लक्ष्यमा क्षणिक बाधा ल्याउन सक्छ, तर हामी विश्वाससाथ प्रार्थनामा लागिरहनुपर्छ ।

आत्मिक भोजनः प्रस्थान ७–९ यूहन्ना १:१४–२८ भजन ९२ हितोपदेश २६:१–३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...