शैतानका युक्तिहरू पर्दाफास गर्नु (३)

Oct 8, 2024

‘शैतानले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ ।’ —२ कोरिन्थी ४:४

तपाईंसँग प्राकृतिक संसारको बारेमा सन्तुलित र स्पष्ट दृष्टि हुन सक्छ, तर आत्मिक संसारको बारेमा अबुझ हुन सक्नुहुन्छ र शैतानका योजनाहरूको शिकार बन्न सक्नुहुन्छ । तर जब तपाईं प्रार्थनामा परमेश्वरतर्फ फर्कनुहुन्छ, उहाँले तपाईंको आँखा खोलिदिन सक्नुहुन्छ र विजयको लागि तपाईंलाई रणनीति दिन सक्नुहुन्छ । एलिशा र तिनको सेवक दोतान सहरमा ब्युँझदा शत्रु सेनाहरूले घेरिएको कुरा पत्ता थाहा पाएपछि के भयो याद गर्नुहोस् । ‘जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोडाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो । त्यस चाकरले आएर आफ्नामालिकलाई सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौं ?” ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्दा धेरै छन् ा” तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस् ।” तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाका वरिपरिका डाँडाहरू अग्निमय घोडाहरू र रथहरूले भरिएका देख्यो । जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्धा पारिदिनुहोस् ।” एलीशाले बिन्ती गरेझैं उहाँले उनीहरूलाई अन्धा पारिदिनुभयो’ (२ राजा ६:१५–१८) । के तपाईं हारको डरमा हुनुहुन्छ ? के तपाईं अलमलमा हुनुहुन्छ र के गर्ने भन्ने तपाईंलाई थाहा छैन ? के तपाईंलाई परिस्थिति आफ्नो विरुद्धमा भएकाले तपाईं सफल बन्नुहुनेछैन जस्तो लाग्छ ? बाइबलले भन्दछ, ‘जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ’ (१ यूहन्ना ४:४) । परमेश्वरसँग एक्लै समय बिताउनुहोस् र प्रार्थना गर्नुहोस्, ‘हे प्रभु, मेरो आँखा खोलिदिनुहोस्’ र उहाँले त्यसो नगरुन्जेल त्यहीँ बस्नुहोस् । जब त्यसो हुन्छ, तपाईंले पत्ता लगाउनुहुनेछ कि स्वर्गका शक्तिहरू तपाईंको पक्षमा छन्, र स्वर्गका स्रोतसाधनहरू तपाईंका लागि उपलब्ध छन् । तपाईं तिनीहरूलाई कसरी प्राप्त गर्नुहुन्छ ? विश्वासद्वारा ¤यसकारण परमेश्वर प्रतिको आफ्नो विश्वासमा सधैँ खडा हुनुहोस् ।

आत्मिक भोजनः प्रस्थान १०–१२ यूहन्ना १:२९–४२ भजन २९ हितोपदेश २६:४–६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...