म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भूत रीतिले बनाइएको छु । तपाईंका कार्यहरू अद्भूत छन् ।’ —भजन १३९:१४
के हामीले थाहा पाएको जीवन अर्थात् बोटबिरुवा, पशुपंक्षी र मानव जीवन— के यी यत्तिकै संयोगले हुनआए ? के हाम्रो उदेकको सौर्यमण्डल कुनै दुर्घटना वा संयोगको परिणाम हुन सक्छ ? विज्ञान जति उन्नत बन्छ, त्यहाँ सिद्ध योजनाकारको पक्षमा धेरै प्रमाणहरू पाइन्छन् । अनुसन्धानकर्ताहरूले प्रत्येक सूक्ष्म मानव कोषिकामा ईश्वरीय सुव्यवस्थालाई उजागर गरिरहेका छन् । नेशनल एकेडेमी अफ साइन्सेसका पूर्व अध्यक्ष अमेरिकी जैवरसायनशास्त्री ब्रुस अल्बर्ट्स लेख्छन्, ‘हामीले सधैं कोपिकाहरूलाई कम आँकलन गरेका छौँ । निःसन्देह हामी अझै पनि त्यसै गर्दैछौं… कोशिकाहरू जीवनका आधारभूत एकाइ हुन्… वास्तवमा सम्पूर्ण कोशिकाहरूलाई एक कारखानाको रूपमा हेर्न सकिन्छ जसमा निश्चित स्थानहरूमा रहेका विभिन्न प्रोटिन संयन्त्रहरूको जोडबाट बनेका एकआपसमा जोडिएका लहरहरूको विस्तृत सञ्जाल हुन्छ । भजनकार दाउद कुनै वैज्ञानिक थिएनन्, तापनि उनले हामी प्रत्येक परमेश्वरको अद्भूत हातका जटिल सृजना हौँ भन्ने कुरा बुझे ¤ ‘किनकि तपाईंले नै म भित्रका अंग–प्रत्यंग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो…जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन । अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे…मेरो निम्ति तपाईंका विचारहरू कति बहुमूल्य छन् । तिनको संख्या कति महान् छ । जब म बिउँझन्छु, तब म तपाईंसँगै हुन्छु ¤’ (पद १३, १५, १७–१८) । औसत मानव मुटु एक दिनमा ११५००० पटक धड्कन्छ । हाम्रो रगत हरेक दिन १२००० माइल यात्रा गर्छ (नेपालको पूर्वपश्चिम लम्बाइभन्दा बिस गुणा लामो ¤) वयस्कहरूले एक दिनमा औसत १८,००० देखि ३०,००० पटक सास फेर्छन् । अनि धेरै जसो, यी सबै कार्यहरू हामीले सोचविचार नगरी नै हुन्छन् । आश्चर्यजनक कुरा ¤ आज, रोकिनुहोस् र आफ्ना सृष्टिकर्तालाई उहाँले माटोको पहिलो थुप्रो लिएर जुन अद्भूत कामहरू गर्नुभयो त्यो कुरा स्वीकार गर्न र धन्यवाद दिन केही मिनेट समय लिनुहोस् ।हामी परमेश्वरप्रति धन्यवादी हुनुपर्छ किनकि हामी संयोगवश हुन आएका होइनौँ तर परमेश्वरको योजनाअनुसार सृष्टि गरएिका हौँ ।
आत्मिक भोजनः लेवी १–४ मत्ती २:१९–२३ भजन १०:१–११ हितोपदेश १:१०–१६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



